खेलकुद

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

पोखरा, असार ८पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि स्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ ।स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि-२० क्रिकेटको उपाधि स्याङ्जालाई

पोखरा, असार ६ । पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित… पुरा पढौ

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु

पोखरा, असार ६पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो ।प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका छन् ।एसइइ परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद… पुरा पढौ

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट : कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, असार ४ । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् । खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा… पुरा पढौ

सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

पोखरा, असार-२ कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट

गण्डकी प्रदेश सरकारले पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले सो कार्यक्रम सञ्चालन गरी पर्यटनको राजधानी पोखरा स्याटलाईट अन्तर्गतको रुपमा पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण, पदयात्राको संरक्षण, विकास र प्रवद्र्दनका लागि विद्यमान पदमार्गको स्तरोन्नती, वैकल्पिक पदमार्गको निर्माण र धार्मिक तथा प्रमुखपर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै, पहिला घरदेश, अनि परदेश अभियान सञ्चालनका लागिपनि बजेट विनियोजन गरिएको छ… पुरा पढौ

पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट

गण्डकी प्रदेश सरकारले साईक्लिङ मार्ग निर्माणका बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले साईक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक साईक्लिङ मार्ग निर्माण गरिने बताए । त्यस्तै, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गर्ने बताउँदै उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३० गते — गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ