खेलकुद

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न

लेखनाथ उसु क्वान र भद्रकाली उसु क्वानको संयुक्त आयोजनामा कास्की जिल्लामा उसु खेलको प्रबर्द्धन गर्न यही भदौ ६ र ७ गते प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा रङ्गशालामा भएको उक्त प्रतियोगितामा विद्यालय स्तरमा प्रशिक्षण लिइरहेका २२ ओटा विद्यालयका खेलाडीहरूको सहभागिता थियो । प्रतियोगितामा ताओलु र सांस्यौं विधामा कुल १६० खेलाडीहरूले २४ स्वर्ण, २४ रजत र ४८ काश्य पदक गरी कुल ९६ ओटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्र पदकका हिसाबले बाल मन्दिर… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव

पोखरा, भदौ ७ अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा बामदेव सुवेदी चयन भएका छन् । महासंघ कास्कीको हालै भएको तेस्रो जिल्ला सम्मेलनले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघ कास्कीको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा स्वयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन भएका छन् । सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले अखिल नेपाल महासंघलाई समग्र खेलकुदको नेतृत्व गर्न सुझाव दिए । नेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक… पुरा पढौ

ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु

पोखरा ६ भाद्रनेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे… पुरा पढौ

लामाचौर तीज महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, भदौ ३ गते ।  नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो ।मंगलबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो ।… पुरा पढौ

दोस्रो पर्वतीय दौडको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङले प्रायोजन गर्ने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।  पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको… पुरा पढौ

पोखरा-१३ का मनकारी युवा : भलिबल प्रतियोगिताबाट बचेको रकम तीन विद्यालयलाई प्रदान

पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ… पुरा पढौ

पोखरेली टेनिस खेलाडी आर्यषराज पौडेल एटीएफ यु-१४ टेनिस खेल्न मलेशिया जाने

साउन २१,पोखरा पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको साथ

पोखरा १८, साउन पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि… पुरा पढौ

पोखरामा आज भएको दौडमा आमा समूहतर्फ श्रेष्ठ, छात्रतर्फ सुनार र छात्रातर्फ जिटी प्रथम

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्ररछात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलाहरूलाई खेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए । ३ किलोमिटर दूरीको उक्त दौडमा पाँच… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितालाई नेलम्बो नेपालको साथ

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई नेलम्बो नेपालले साथ दिने भएको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोगसहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौता पत्रमा… पुरा पढौ