खेलकुद

पश्चिमाञ्चल माविमा एसईई कप फुटसल सुरु

पोखरा, जेठ १४पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबारदेखि एसइइ कप फुटसल प्रतियोगिता सुरु भएको छ । दुइदिनसम्म चल्ने प्रतियोगिता पोखरा फुटसल एरिनामा सञ्चालन गरिएको छ ।प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरि २६ वटा विद्यालयका टिम सहभागि छन । विद्यालयका प्राचार्य सरोज कोइरालाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।‘स्वस्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको छ । कास्की जिल्लाबाट यो वर्ष एसइइमा सहभागि विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका प्राचार्य कोइरालाले… पुरा पढौ

हिलसाइडमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता

पोखरा । संस्कारयुक्त गुणस्तरीय व्यावहारिक शिक्षामा जोड दिएको पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता हालै विद्यालय प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ । करिब १ सय ५० जना विद्यार्थीहरू सहभागी भएको उक्त प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अन्तरसदनात्मक रूपमा खेल सञ्चालन गरिएको थियो भने कक्षा ४ र ५ लाई कक्षागत खुला प्रतिस्पर्धामा सहभागी गराइएको थियो । अन्तरसदनात्मक प्रतियोगितातर्फ रातो सदनबाट सहभागी भएका रिदम पौडेलले प्रथम स्थान हात पारेका थिए भने हरियो सदनबाट सहभागी भएका केशव… पुरा पढौ

आर्थिक सर्वेक्षणः अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था

जेठ १३ काठमाण्डौं । सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज पेस गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताए । त्यस्तै, प्रत्येक प्रदेशमा एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरुप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण… पुरा पढौ

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर) मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट ९स्टिमर० मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ… पुरा पढौ

स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता भोलि, तयारी पूरा

पोखरा । स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार पोखरामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पोखरा–१२ स्थित मार्फा थकाली समाज चापापानीमा हुने उक्त प्रतियोगितामा मार्फा मुस्ताङसहित १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द ज्वारचनले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेबाट शुरु हुने प्रतियोगितामा स्थानिय र मार्फा मुस्ताङकासहित १० टिमले सहभागिताको लागि नाम दर्ता गरेका छन् । पुरा पढौ

वाईवाई यु–१९ क्रिकेटमा टिम बाराही विजेता

पोखरा । टिम बाराही यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो ।… पुरा पढौ

जेठ १८ मा ‘पोखरा बक्सिङ च्याम्पियनसिप’

पोखरा । पोखरामा जेठ तेश्रो साता हुने ‘पोखरा बक्सिङ च्याम्पियनसिप’को तयारी तिव्र पारिएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिताको तयारी तिव्र पारिएको हो । आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको तयारी तिव्र पारेको जनाएको छ । प्रतियोगितामा विभिन्न तौल समूह गरि ३० जना महिला तथा पुरुष बक्सरहरुले सहभागिता जनाउने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ ५१, ५७, ६०,… पुरा पढौ

वाईवाई यु–१९ क्रिकेट जारी

जेठ १० पोखरा । टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका थिए । यस अघि विन्ध्यबासिनीले उद्घाटन खेलमा भद्रकालीलाई नौ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै… पुरा पढौ

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदैछ । छनोट हुने अन्य नेपाली सदस्यहरुमा सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट,… पुरा पढौ

वाईवाई यु–१९ क्रिकेट शुरु : विन्ध्यवासिनी र बाराहीको विजयी शुरुवात

जेठ ८ पोखरा । टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजय शुरुवात गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो । २५ ओभरमा खेलाईएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै नौ विकेट गुमाएर एक सय १५… पुरा पढौ