खेलकुद

क्लबस्तरीय भलिबलः लिगचरणको ७ खेल सम्पन्न

पोखरा । पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् । बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ… पुरा पढौ

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा

जेठ २ काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनी विरुद्धको निलम्बन फुकुवा गरेको हो । यससँगै लामिछानेको अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टि–ट्वान्टी विश्वकप खेल्न सम्भावना बढेको छ । उच्चअदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले त्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा… पुरा पढौ

गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु

पोखरा । पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरु संग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गते सम्म पोखरा मा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् । प्रतियोगितामा एथलेटिक्स महिला/पुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । त्यसै गरी टिम गेम्सतर्फ महिला/पुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन… पुरा पढौ

क्लबस्तरीय भलिबलमा जनकल्याणको विजयी शुरुवात

पोखरा । पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ । जनकल्याण पोखरा–११ लेमाछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे । जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले… पुरा पढौ

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने निर्दोष ठहर

काठमाण्डौं । क्रिकेटर सन्दिप लामिछाने बलात्कारसम्बन्धी मुद्दामा निर्दोष ठहरिएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । फैसलासँगै अदालतबाहिर प्रतीक्षारत लामिछानेका समर्थकले नाचगान गर्दै खुसियाली मनाएका छन् । पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आभार व्यक्त

जेठ १ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चको पोखरामा बसेको कार्यसमितिको बयालिसौँ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा स्थापित बनेको पोखरा स्पोटर््स अवार्डलाई भव्य रुपमा सम्पन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरकारी निकाय, व्यक्ति, संघ, संस्था, खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चार माध्यम, सञ्चारकर्मी सहित मञ्चका सम्पूर्ण सदस्यप्रति हार्दीक आभार प्रकट गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रम प्राप्त… पुरा पढौ

शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु

पोखरा । पोखरामा शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद अघि बढेको बताए । यूवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न… पुरा पढौ

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान

वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो । गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई… पुरा पढौ

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

वैशाख ३१ काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गरेका छन् । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिएका हुन् । उनले पेरिस ओलम्पिकमा छनोट भएकोमा बधाइ समेत दिए । आफूभन्दा वरियतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन सङ्घको ध्यानाकर्षण गराउँदै उक्त प्रतियोगिताको तयारीका लागि राखेपले गर्ने सहयोगमा कुनै कमी नरहने बताए । सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका… पुरा पढौ