खेलकुद

वर्ष खेलाडी महिलामा अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा,कस्ले मार्ला बाजी ?

वैशाख २५ पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । अनुस्का शेरचन (आर्चरी)अनुस्का उमेरले बल्ल १७… पुरा पढौ

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

वैशाख २५ पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट प्रशिक्षक दौडमा नीरज, रमेश र रिजन

वैशाख २४ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ ।चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको… पुरा पढौ

पिसीएममा पाइथन प्रोग्रामिङ तालिम

वैशाख २३ पोखरा। पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित पाँच दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो । राष्ट्रिय आविस्कार केन्द्रका ७ जना श्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए । राष्ट्रिय आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरि बहादुर पहारीको प्रमुख आतिथ्यतामा शुभारम्भ र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो । प्रमुख अतिथिद्वयले यस्ता प्राविधिक तालिमले विद्यार्थीको… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ । काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ । रंगशालासम्बन्धी विशेष दक्षता राख्ने कम्पनीले पोखरा… पुरा पढौ

लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने

वैशाख २३ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा प्रकाश सपुतको विशेष प्रस्तुती रहने, प्रवेश निःशुल्क

वैशाख २२ पोखरा । गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । यही वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् ।… पुरा पढौ

पोखरा २३ मा भेट्रान्स भलिबल प्रतियोगिता शुरु

वैशाख २१ पोखरा । भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँबस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए । पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी… पुरा पढौ

प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न

वैशाख २१ पोखरा । महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैङ्गिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ्ग कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको छ । वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण साझेदारी अपरिहार्यतामा जोड दिइन् । उनले नीति निर्माण तहमा महिलाको… पुरा पढौ