पोखरा, साउन २७ । सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत गरिएको ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित हिजो साँझ ७.३० बजेदेखि रातीसम्म पोखरा–९, न्यूरोडस्थित सिटिजन फर्निचर न्यूरोडको मूल सडकमा गरिएको प्रदर्शनमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता देखिएको थियो। पाल्पाली समाज पोखरा र सिटिजन फर्निचर न्यूरोडको सहकार्यमा सम्पन्न कार्यक्रममा भैरवस्थानको रोट, टिका–प्रसाद, साथै पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीद्वारा पाहुनाहरूको स्वागत गरिएको…
पुरा पढौ