Uncategorized

सामाजिक कार्य गरेर होटल मजेस्टिक लेक फ्रन्टले मनायो तेस्रो वार्षिकोत्सव

पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा होटलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरी २५ युनिट रगत सङ्कलन गरेको छ भने मंगलबार छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९१ जना आमाहरूलाई बिहानको एक छाक भोजन दान गरेको छ।होटलका अपरेसन म्यानेजर कृष्णकुमार पौडेलका अनुसार वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान र भोजन दान कार्यक्रम आयोजना गरिएको हो। होटलले अघिल्लो वर्ष दोस्रो वार्षिकोत्सवका अवसरमा पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रित बुबाहरूलाई एक छाक… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा बाढी-पहिरोको उच्च जोखिम, जोखिम मोलेर यात्रा नगर्न र गएकालाई उच्च सतर्कता अपनाउन टान गण्डकीको अपिल

पोखरा — लगातारको वर्षापछि अन्नपूर्ण पदमार्ग क्षेत्रमा बाढी–पहिरोको जोखिम बढेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पर्यटक, पदयात्री, गाइड तथा पर्यटन व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले आइतबार जारी गरेको अपिलमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने कुम्रुङ खोला र मोदी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्‍याएको उल्लेख गरिएको छ। बाढीले घुर्जुङ तर्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर जाने मुख्य पदमार्ग र स्याउली बजार क्षेत्रमा क्षति पुर्‍याउनुकाब साथै वनठाटीमा समेत पहिरोले दुईवटा… पुरा पढौ

ढोका थुनेर ऐन, कानून नबनाउन यातायात व्यवसायीको चेतावनी

सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरु रुष्ट बनेका छन् । ट्राफिक नियम उलंघनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिनेगरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार भएपछि उनीहरु झस्किएका हुन् । त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भेट्न गरेको प्रयासले सार्थकता नपाएपछि उनीहरु थप आक्रोषित भएका छन् । महासंघ गण्डकी प्रदेशले आईतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी यातायात… पुरा पढौ

बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

पोखरा, २७ असार ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो ।परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि लालपूर्जा… पुरा पढौ

झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी

सन्देश श्रेष्ठपोखरा, असार २४ गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यकाल सकिएको झण्डै डेढ वर्षपछि पदाधिकारी पाएको छ । प्रतिष्ठानको संस्थापक पदाधिकारीको कार्यकाल २०८२ साल बैशाख १५ गते सकिएको थियो । पहिलो कार्यकाल सकिएको १४ महिना ७ दिनपछि दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सरकारले मंगलबार पदाधिकारी पाएको हो । कांग्रेस र एमालेबीच भागवण्डामा टुंग्याएको प्रतिष्ठानको कुलपतीमा कांग्रेस निकट प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भ एभने एमाले निकटकाहरु उप–कुलपतीमा शंकर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठलाई नियुक्त गरेको हो । कुलपतीमा नियुक्त न्यौपानेले लोक… पुरा पढौ

पोखरा-दुबई उडानलाई दीगो बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरदेखि नीजि क्षेत्रसम्मले सघाउने

सन्देश श्रेष्ठपोखरा, असार २२ पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र नीजि क्षेत्रको साथ खोजेको छ । सेप्टेम्बर २३ (असोज ७) गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हो । फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चासो र चिन्ता शुरु भएको छ । यसअघि पोखराबाट छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन सकेन… पुरा पढौ

ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला सम्पन्न, विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन,

लण्डन, बेलायत। ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट तामाङ समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तथा विशेष अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ रहनुभएको थियो। उहाँहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ल्हा म्हेन्दो तामाङ समाज आकारका हिसाबले सानो संस्था भए पनि बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान… पुरा पढौ

ल्हा म्हेन्दो तामाङ समाज लण्डनको अध्यक्षमा विशाल स्याङ्बो तामाङ

लण्डन, बेलायत। ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले समाजलाई एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गत शाखाका रूपमा आबद्ध गराउने ऐतिहासिक निर्णयसमेत गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूरज ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन भएका छन्। समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा सम्पन्न भेलामा लण्डन बरो अफ हाउन्स्लोका… पुरा पढौ

तानचोक कोट नौजे पैंगिलामा समाजको आयोजनामा नि:शुल्क आँखा शिविर, १ सय ४१ जना सहभागि

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. १ सिमपानीमा शुक्रबार एक दिवसीय नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।तानचोक कोट नौजे पंगिलामा परिवारको स्थापना दिवसको अवसरमा सन्चालन भएको शिविरमा हिमालय आंखा अस्पताल घारीपाटनको प्रालिधिक सहयोगमा सन्चालन भएको थियो। उद्दघाटन समारोहमा अस्पतालका नेत्र अधिकृत सुबास नेपालले जब सम्म आंखा गाढा हुंदैन तब सम्म आंखाको चेकजांच नगर्नु नै हाम्रा लागी पछि ठुलो धोका हुने हुंदा यस्ता शिबिरहरुले मानिसका घर आंगन सम्म सेवाको पहुंच पुग्ने गुंदा यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।परिवारका… पुरा पढौ

ओलम्पिक दिवसका अवसरमा पोखराका १२ संस्था सम्मानित

पोखरा, असार १९। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग पुर्याउने १२ वटा संस्थालाई सम्मान गरिएको छ। नेशनल ओलम्पिक एकेडेमी नेपालद्वारा शुक्रबार आयोजित कार्यक्रममा आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिष्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सराङकोट एफएम, एभरेष्ट एफएम, माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, हिल प्वाइन्ट माध्यमिक विद्यालय, नागरिक समाज वडा नं. ५ र समय नेपाल टिभीलाई सम्मान गरिएको हो। नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत एकेडेमीको… पुरा पढौ