Uncategorized

फिफा विश्वकप २०३० आयोजनाका लागि ४ देशको दाबी

सन् २०३० को फिफा विश्वकप आयोजनाका गर्नका लागि चार देशले प्रस्ताव पेश गरेका छन् । चिली, अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश गरेका हुन् । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको एक शताब्दीपछि विश्वकप आयोजना गर्ने चाहना रहेको बताएको छ । सन् २०२२ को विश्वकप कतारमा आयोजना हुनेछ… पुरा पढौ

पोखराको पुरानो टुँडिखेलमा तीज मेला गरिदैँ

नेपालीहरुको महान पर्व हरितालिका तिजको अबसरमा यो वर्ष पोखराको बगरस्थित पुरानो टुँडिखेलमा तीज मेला गरिने भएको छ । स्थानीय सामाजिक संस्था इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरा १ ले दोश्रो तीज मेला आयोजना गर्ने भएको हो । पुरानो टँुडिखेल मैदानमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै भदौ १० देखि १६ गतेसम्म तीज मेला आयोजना गर्ने भएको केन्द्रले जनाएको छ । मेलामा विभिन्न बिधामा प्रतियोगितात्मक कार्यक्रमसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । तीजगीत प्रतियोगिता गर्दै आएको संस्थाले २०७६ सालमा पहिलो… पुरा पढौ

एसपी केसीले सम्हाले कास्की प्रहरी प्रमुखको कार्यभार

प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । केसीले हिँजो सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो। यसअघि कास्कीमा कार्यरत एसपी प्रहरी उपरीक्षक (एसपी) रमेश थापा तालिमका लागि अमेरिका गएपछि प्रहरी प्रधान कार्यालयले एसपी केसीलाई कास्की प्रहरीको कमाण्ड सम्हाल्न कास्की… पुरा पढौ

पोखरा महानगरमा लेखा समितिको दोश्रो बैठक

पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ । लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए ।उनले सबै जनताप्रति जवाफदेही र पारदर्शी बन्नुपर्नेमा जोड दिए । ‘महानगरले गर्ने सबै काम कानून अनुसार हुनुपर्छ। जसलाई जे जिम्मेवारी छ। त्यसले त्यही गर्नुपर्छ र जनताप्रति जवाफदेही बन्नुपर्छ ।’ उनले लेखा समितिले महानगरभित्रले गर्ने आर्थिक र विकास निर्माणका लगायत यहाँको… पुरा पढौ

ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गयो

ट्रकले ठक्कर दिदाँ पोखरामा मोटरसाइकल चालकको ज्यान गएको छ । कास्की माछापुच्छ«े गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको हो। पोखरा–बागलुङ सडक खण्डकको हेम्जामा आइतबार बेलुकी ६ बजेतिर भएको सडक दुर्घटनामा परेर नेपालीको मृत्यु भएको हो। दुर्घटनमा परेर शरीर जलेको अवस्थामा मणिपाल पु¥याइएको नेपालीको उपाचार क्रममा मृत्यु भएको हो। पोखरा–बागलुङ सडक खण्डको हेम्जामा नेपाली सवार ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा आगलागी भएको थियो । आगो निभाउने क्रममा स्थानीय क्षेत्रबहादुर… पुरा पढौ

साउनको तेस्रो सोमबार, बोलबम मनाइँदै

आज, साउन महिनाको तेस्रो सोमबार बोलबम मनाइँदैछ । देशका शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । पोखराको केदारेश्वर मन्दिरसहित काठमाण्डौंको पशुपतिनाथ, चितवनको देवघाट क्षेत्र, पूर्वको हलेसीलगायतका शिव मन्दिरहरुमा बोलबम मेला लाग्ने गर्दछ । शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लाग्ने गर्दछ । पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा भक्तजनहरुले शिवको पूजा आराधना र जल चढाउने गर्दछन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु ीशवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका… पुरा पढौ

साफ यु–२० च्याम्पियनसीप : नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बंगलादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बंगलादेशले खेलेको तेस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो । योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो । हिँजो… पुरा पढौ

काँग्रेस नेत्री सोनिया गान्धीको बयान जारी

नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काँग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ । इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मंगलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा… पुरा पढौ

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ। सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा उक्त कार्यक्रम हुन लागेको हो। कार्यक्रममा वरिष्ठ सितारवादक प्रा.डा.ध्रवेशचन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्णप्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले, तबलावादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरीवादक उमेश पण्डित, पखावजवादक मुकेश शाक्य, तबलावादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी गराएका छन्। उनका अनुसार पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा साँझ ५ बजे हुनेछ। दोस्रो दिन विन्ध्यावासिनी धार्मिक क्षेत्र… पुरा पढौ

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ। गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो। इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले १/१ गोल गरे। अब, उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन। इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो। क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो। स्विडेनले क्वाटरफाइनलमा बेल्जियमलाई इन्जुरी समयमा हराउँदै सेमिफाइनलमा पुगेको हो। अर्को… पुरा पढौ