weather

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताए। “अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भने । मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था… पुरा पढौ

एक्कासी मौसम बदलियो, पोखरामा चिसो बढ्यो, देशभर वर्षा र हिमपातको संभावना

एकाएक मौसम बदलिएपछि पोखरासहित देशभर चिसो बढेको छ। हिँजोदेखि बदलिएको मौसम आज (शुक्रबार) पनि देशभर कायम रहनेछ। देशका अधिकांश भू–भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम विभागको पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। जसकाकारण देशका अधिकांश भू–भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम… पुरा पढौ

गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आंशिक बदली

गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आज (बिहीबार) आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी आज गण्डकी प्रदेश लगायत मुलुकका धेरै स्थानमा आंशिक बदली हुने जनाएको छ। मौसम पूर्वानमान महाशाखाले जारी गरेको सूचना अनुसार मुलुकका धेरैजसो स्थानमा सामान्य बदली हुने जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ । आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली… पुरा पढौ

देशभर मौसम बद्ली, चिसो बढ्यो, ३ दिनसम्म यस्तै रहने

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम बद्ली भएको छ। हिँजो (शुक्रबार) सम्म आकाश सफा रहेपनि आज (शनिबार) बिहानैदेखि मौसममा बद्ली आएको छ। वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आफ्नोा बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाका अनुसार मौसम बद्ली भएपनि पानी नपर्ने तर अबको ३ दिनसम्म मौसम यस्तै रहनेछ । बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भएपनि दिउँसोपख घाम लाग्ने र केही ठाउँमा कुहिरो… पुरा पढौ

हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ । अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश… पुरा पढौ

मौसमविद् भन्छन् : ‘यसपालि दशैँमा पनि पानी पर्ने सम्भावना छ’

काठमाण्डौ । यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइन् । ‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने… पुरा पढौ

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ”, मौसमविद् अर्यालले भने । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

गण्डकी प्रदेशमा आज दिउँसो भारी वर्षाको संभावना

गण्डकी प्रदेशका केही स्थानहरुमा आज (सोमबार) दिउँसो मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश लगायत बागमति र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरुमा आज मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र साँझ गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन–चट्याङ सहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको सक्रियताका कारण अहिले गएरातिदेखि देशका अधिकांश स्थानमा… पुरा पढौ

आज राति गण्डकी र बागमती प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बिहीबार (आज) मौसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका देशका केही स्थानमा वर्षा भइरहेको छ । आज राति गण्डकीसँगै प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । यस्तै भोलि शुक्रबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पुरा पढौ

भलाममा भारी वर्षाले निम्त्यायो वितण्डा

बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाले भलाममा वितण्डा मच्चाएको छ। चट्याङ र मेघगर्जनसहित परेको भारी वर्षाका कारण भलाम क्षेत्रमा पहिरोले वितण्डा मच्चाएको हो। पहिरोले भलामको देउरालीस्थित दलित वस्ती, मोटरबाटो र खानेपानीको मुहान प्रभावित बनेको छ। भलामको डाँडागाउँदेखि पहिरो झरेको छ। पहिरोले देउरालीस्थित दलित वस्तीमा क्षति पुगेको छ। देउरालीको करिब ५ घरमा पानीको भल पसेर मानिसहरु विस्थापित जस्तै बनेको भलामबाट पत्रकार सूर्य बास्तोलाले एभरेस्ट आवाजलाई बताएका छन्। ‘अहिले, घरहरुभित्र पसेको हिलो र धमिलो पानीलाई सफा गर्ने कार्य भइरहेको छ,’ बास्तोलाले भने,… पुरा पढौ