कृषि

तनहुँमा अदुवा उत्पादन बढ्यो

तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । गत आव २०७९÷८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन… पुरा पढौ

नेपाल बैंक कर्मचारी संघले मनायो स्थापना दिवस

पोखरा, बैशाख ९ नेपाल बैंक कर्मचारी संघले शनिबार स्थापना दिवस मनाएको छ । नेपाल बैंक कर्मचारी संघ गण्डकी प्रदेशको आयोजनामा संघको ३५ औं स्थापना दिवस मनाइएको हो । कार्यक्रममा स्थापना दिवस र नया वर्ष २०८१ को शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा संघले निकालेको नया वर्ष २०८१ को क्यालेण्डरसमेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल बैंक गण्डकी प्रदेश कार्यालयकी प्रमुख सचिता पराजुलीले सम्पूर्ण कर्मचारी एकढिक्का भएर कर्मक्षेत्रमा खटिएमा बैंकले उद्देश्य पूरा गर्न सफल हुने बताईन् । नेपाल बैंक कर्मचारी… पुरा पढौ

साढे तीस लाखको आलु बिक्री गर्दै सकियो: हेमजा आलु महोत्सव

आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म रु ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो रु ४० का दरले आलु बिक्री गरिएको थियो । कुल तीन… पुरा पढौ

आलु महोत्सवमा दुतराजको प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

वैशाख ३ पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार प्रकाश दुतराजका प्रस्तुतिहरुमा दर्शक मन्त्रमुग्ध भए । उनले त्यहाँ दर्जन गीत गाए जसमा दर्शकहरुले पनि तालमा ताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे । दुतराजले गीत गाउन थालेसँगै स्टेज वरीवरी हवार्र दर्शक भरिए ।बढी मात्रामा युवा पिढीका दर्शकले उनलाई साथ दिए । दर्शकको अत्याधिक साथ पाएका दुतराजले घरीघरी माइक आफूले गाउन छाडेर दर्शकतिरै सोझयाए । सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नाम लिएर, देउरालीमा धजा रिमै मन… पुरा पढौ

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

चैत २९ पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए । साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने… पुरा पढौ

म्याग्दी स्थित गौश्वारा सिद्धभूमे सामुदायिक वनमा चिया खेती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । “हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले… पुरा पढौ

पोखरामा जैविक कृषि विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ३२ देशका झण्डै दुई सय सहभागि

पोखरा । पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा पोखराको पाँचतारे होटलमा कृषि जैविक विविधतासम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा ३२ देशका झण्डै दुई सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । सम्मेलनको मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपाल जैविक विविधताको धनी देश भएको बताईन् । उनले नेपालमा ६… पुरा पढौ

हेमजामा जारी आलु महोत्सवमा ३ लाखको कारोवार

चैत २६ पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु.३ लाखको आलुको कारोवार भएको छ । प्रतिकेजी रु.४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु… पुरा पढौ

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । “तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ”, उनले भने । अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र… पुरा पढौ

आलुले चिनिएको हेम्जा

पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलु खेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार हेम्जामा वार्षिक ४५ सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झण्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनिसकेको छ ।” महानगरको तथ्याङ्क अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा… पुरा पढौ