पोखरा ।
गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्राज्ञ राजेन्द्र सापकोटाले बजारमा नया गीत ल्याएका छन् । समाजका यथार्थपरक घटनालाई गीत संगीतको माध्यमबाट उजागर गर्न माहिर प्राज्ञ तथा लोक तथा दोहोरी गायक सापकोटाले हालैमात्र उठ्ने बेलाको’ गीत बजारमा ल्याएका हुन् ।
लोकभाकालाई आफ्नो शैलीमा उतारेर दर्शक र श्रोताको मन जित्दै आएका उनले गीतको मर्मलाई न्याय नमर्नेगरी म्यूजिक भिडियोसमेत तयार गरेका छन् । जुन भिडियोले छोटो समयमै दर्शकको मन जितेर लोकप्रिय बन्दै गएको छ । प्राज्ञ सापकोटालाई गायनमा चर्चित गायिका देवि घर्तिमगरले साथ दिएकी छन् । प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा प्राज्ञ सापकोटा आफैले संगीत भरेका छन् । प्राज्ञ तथा गायक राजेन्द्र सापकोटाले आफ्नै युट्युब च्यानलबाट हालैमात्र सो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियोमा विवश ठकुरी र सीता घिमिरेले स्क्रिन शेयर गरेका छन् । सापकोटाले यसअघि ‘सोच आँखा बन्द गरेर, पिरती मिसाउनी, जवानीमा धक्का, हैन भन्नीलाई’ लगायतका गीत लोकप्रिय छन् ।
प्राज्ञ तथा गायक सापकोटाको स्थायी घर म्याग्दी भएपनि उनी पोखरामा व्यवसायीक हिसाबले स्थापित व्यवसायीसमेत हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






