पोखरा, माघ ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सपना खोसेको आरोप लगाएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा रास्वपाले सोमबार आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले ओलीको नाम नदिएपनि उनीप्रति ईंगित गर्दै ओलीका कारण मधेशको सपना खोसिएको बताएका हुन् । ओलीप्रति ईंगित गर्दै उनले भने,‘अपदस्त भएकाहरुले मधेशको सपना खोसेका थिए ।’
तर अब भने मधेशको सपना पूरा हुने बताए । युवाहरुलाई गोली हानेर भाग्नेहरुको पराजय अवस्यम्भावी रहेको उनको भनाई थियो । उनले ताकीताकी गोली हान्नेहरुले आफूलाई पनि फसाउने षडयन्त्र गरेको बताउँदै उनले भने,‘उनीहरुको षडयन्त्रका कारण म जेलमा पुगौंला, तर म अब डराउँदिन, किनकी यो देशले अब बालेन पाएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल…






