पर्यटनको राजधानी पोखरामा जारी पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल सहित आज समापन हुने भएको छ ।
प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताए । यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
आइतबार दिउसो ३ः०० बजे फाइनल खेलहरु सहित समापन हुने भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताए । पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा भइरहेको अध्यक्ष गुरुङले उल्लेख गरे । प्रतियोगिताले विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
फिट नेपाल स्पोट्र्सप्लेक्स र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






