फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिन आयोगको सिफारिस


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




फागुन २१ को निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।

आयोगले सरकार समक्ष यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन भनेको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।बिदाका बारेमा सरकारले भने निर्णय गरिसकेको छैन।

यसअघिका निर्वाचनमा सकारले विद्यालय तीन दिन र अन्य सरकारी कार्यालयमा एक दिन बिदा दिने गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।