पोखरा, १९ वैशाख ।
दोश्रो ‘कुमुदिनी होम्स एसईई कप’-२०८३ सुरु भएको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरे । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ । पालिखेले भने, सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं । अध्यक्ष पालिखेले बास्केटबल छात्रतर्फ ३२ टोली, छात्रातर्फ १३ टोली र फुटसलमा ६० वटा टोलीको सहभागिता रहेको जानकारी दिए । उनका अनुसार बास्केटबल कुमुदिनी होम्सकै कोर्टमा खेलाईएको छ भने फुटसल गणेश टोलमा रहेको फुटसल मैदानमा आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने हरेक टोलीका सदस्यहरुलाई कक्षा ११ र १२ मा अध्ययनका लागि पूर्ण घात्रबृत्तिको व्यवस्था गरिएको पालिखेले बताए । उनका अनुसार छात्र बास्केटबल र फुटसलतर्फ प्रथम हुनेले नगद २०, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ७ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । छात्रातर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।
उद्घाटन सत्रलाई संवोधन गर्दै प्रमुख अतिथि आचार्यले खेल विकास, स्वास्थ्य, अनुशासन र व्यक्तित्व विकासका लागि महत्वपूर्ण भएको बताए । खेलमा विद्यार्थीको सिप, कौशल र अनुशासनको प्रदर्शन हुने भएकोले जिवनको बलियो आधारशिला बन्ने उनको भनाई थियो ।
पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत जीवन आचार्यले नेपालको खेलकुदको आधार क्षेत्र विद्यालय भएको बताए । विद्यालयस्तरबाटै खेलमा दिएको योगदानले भोलिको राष्ट्रका खेलाडीको रुपमा दर्ज हुने उनले बताए ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्थाले खेलकुदको विकासको लागि विद्यालयले महत्वपूर्ण योगदान दिईरहेकोमा खुसि व्यक्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने…






