ह्याण्डबल खेल्न बंगलादेश जाने विद्यार्थीलाई प्रगतिको विदाई


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०८३ मा प्रकाशित




बंगलादेशमा आयोजना हुने अन्तरराष्ट्रिय ह्याण्डबल प्रतियोगितामा सहभागि हुने विद्यार्थीलाई विदाई गरिएको छ ।

अर्को साता अन्तरराष्ट्रिय ह्याण्डबल महासंघले बंगलादेशमा आयोजना गर्ने अण्डर एट्टीन र ट्वान्टी प्रतियोगितामा सहभागि हुने सुशान्त थापा,सुजल गुरुङ र प्रशिक्षक दिनेश श्रेष्ठलाई विदाई गरिएको हो ।दुवै जना ह्याण्डबलका राष्ट्रिय खेलाडी हुन् । बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सोही विद्यालयमा अध्ययनरत विद्यार्थी थापा र गुरुङ सहित खेल प्रशिक्षक श्रेष्ठलाई विदाई गरेको विद्यालयले जनाएको छ । उनीहरुलाई विद्यालयका संस्थापक अध्यक्ष दिनेशकुमार श्रेष्ठ, प्रिन्सीपल महेन्द्र थापा, अतिरिक्त विभाग प्रमुख सुमन कार्की लगायतले सफलताको शुभकामना दिदैं विदाई गरेका थिए । कार्यक्रममा प्रिन्सीपल थापाले अन्तरराष्ट्रिय स्तरको खेलमा सहभागि हुनु विद्यालयको मात्र नभई यस क्षेत्रकै गौरव भएको बताए ।

उनले विद्यालयले विगतबाटै शिक्षासँगसँगै खेलकुदलाई पनि प्राथामिकतामा राखेको बताए । दुवै खेलाडी विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत छन् । प्रशिक्षक श्रेष्ठ ह्याण्डबलका राष्ट्रिय कोच हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।