आफ्नै घरेलु मैदानमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा आफ्नै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको हो।

तर, कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन।

अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ।

यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ।

फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले यकिन मिति तय गरिएको छैन।

नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेर फर्किएको छ।

बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेलको २ खेलमध्ये नेपालले पहिलो खेलमा २–० को हारको सामना गरेको थियो।

दोश्रो मैत्रीपूर्ण खेलमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।