भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा पोखराका ४ खेलाडीसहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । डिसेम्बर ४ तारिखदेखि ७ तारिखसम्म हुने सो प्रतियोगितामा पोखराका ४ सहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागि हुने मध्ये ४ खेलाडी पोखराका हुन् भने १ जना महिला सुर्खेतकी हुन् । पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५ केजी तौल समूहमा र पोखराकै आशिष आलेले १०० केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले जानकारी दिए । उनका अनुसार सुर्खेतकी श्रुती कार्कीले भने ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् ।
प्रतियोगितामा भाग लिन नेपाली खेलाडी डिसेम्बर ३ तारिखमा भारत प्रस्थान गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि नेपाली खेलाडीलाई मात्र करीब साढे ३ लाख खर्च लाग्ने नेपाल पावरलिफ्टङ एशोसियसनले जनाएको छ । खर्च ब्यबस्थापनको प्रयास भइरहेको तर अझै टुंगो लागिनसकेको अध्यक्ष भुषालले बताए । राज्यले खर्च ब्यबस्थापन गरिदिनुपर्ने भएपनि त्यसो नहुँदा सहयोगको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह गरिएको उनले बताए ।
कोरोनाका कारण खेलकुद गतिविधि शून्य अवस्थामा पुगेको बेला हुन लागेको प्रतियोगिताले खेलाडीमा उर्जा भन्ने विश्वास लिइएको एसियन पावरलिफ्टङ फेड्रेसनका उपाध्यक्ष जीवन गिरीले बताए । उनले प्रतियोगितामा भाग लिन पाउनु नै ठूलो कुरो भएको बताए ।
प्रादेशिक रुपमा छनौट गर्न नसकिएपनि पहिलेकै छनौटलाई आधार मानेर खेलाडी सहभागिताको टुंगो लगाइएको नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले नेपाली खेलाडीले सके स्वर्ण र नभएपनि कुनै न कुनै पदक जित्ने विश्वास व्यक्त गरे । उनले कोरोनालाई जित्न खेल खेल्नुपर्ने भन्दै यसका लागि सबैले खेल गतिविधितर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






