देश

प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीमा क्षेत्री

प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीको अध्यक्षमा प्रेम बहादुर क्षेत्री चयन भएका छन् । संघको सम्पन्न दशौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा गोर्खाली पानीका लेख बहादुर प्रधान , सचिवमा हिमालयन वाटर एण्ड आईसका अध्यक्ष कविन्द्र कोईराला, कोषाध्यक्षमा पुष्पराज गिरी पञ्चासे पानी, सहसचिवमा अमृतसागर तिवारी वर्षा पानी रहेका छन् । सदस्यहरुमा चीनुमाया गुरुङ अमृतजल, सन्दिप लामिछाने लेकसिटी पानी, सन्त बहादुर लामिछाने नेशनल पानी र निशान्त तिवारी विश्वास पानी रहेका छन् ।… पुरा पढौ

बैतडी बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो,सिङ्गो गाउँ नै शोकमा,पुर्चौडी नगरपालिकामा शोक बिदा

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका… पुरा पढौ

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् । यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी परिचालन हुनेछन् । प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले बताए । अठार… पुरा पढौ

पुन समाज नेपालले सघाउने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुन समाज नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सघाउने दाबी गरेको छ । बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको रास्वपाको दाबी छ निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई समर्थन र एैक्यबद्धता हुन आग्रह समेत गरेको रास्वपाले जनाएको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

सन्देश श्रेष्ठपोखरा, माघ २२ आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले… पुरा पढौ

कांग्रेसका सभापति थापा र उपसभापति शर्मा भोलि पोखरा आउने

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा भोलि पोखरा आउने भएका छन् । फागुन ४ गते अगाडि नै सातै प्रदेशमा पुग्ने योजना अनुरुप उनीहरु शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न सभापतिज्यू भोलि पोखरा जाँदै हुनुहुन्छ,’ उपसभापति पुष्पा भुसालले भनिन् । पोखरामा पार्टीका उम्मेदवार, जिल्ला सभापति तथा नेता कार्यकर्तासँग संवाद गर्ने उनले बताइन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न फागुन ४ देखि १८ सम्मको समय तोकेको छ ।… पुरा पढौ

काँग्रेस कमजोर भए देश कमजोर हुन्छ: प्रदेश सभापति शर्मा

प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् । यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली… पुरा पढौ

पहिलो मतदाता जेनजी युवाहरूद्वारा एमाले पोखरा ३३ को निर्वाचन कार्यालय शुभारम्भ

फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले पोखरा ३३ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालयको पहिलो पटक मतदानमा सहभागी हुन लागेका मतदाता जेनजी युवाहरूले सामुहिक रुपमा शुभारम्भ गरेका छन् । उद्घाटन गर्दै उनीहरुले कास्की क्षेत्र न २ का एमालेका उम्मेदवार रश्मि आचार्यको जन्मथलो पोखरा ३३ भरत पोखरी कास्की क्षेत्र न २ का उम्मेदवारले कुनै विश्वासघात नगरेको उल्लेख गर्दै आचार्यलाई राष्ट्रको नेतृत्व गर्ने गरेर अत्याधिक मतले बिजय गराउने बताएका छ्न। उनीहरुले रश्मि आचार्यको उम्मेदवारी… पुरा पढौ

कास्की-१ मा नेकपाका उम्मेदवार राजकाजी : पर्यटनबाटै मादीको कायापलट गर्न सकिन्छ

पोखरा, माघ २२ कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता बोकेको पवित्र स्थल हो । अनि प्राकृतिक… पुरा पढौ

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गरे । ‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उनले भने– ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरुको जीवनस्तर बदल्न… पुरा पढौ