देश

आज संविधान दिवस

आज असोज ३ गते अर्थात् आठौं संविधान दिवस। आजकै दिन २०७२ मा नयाँ संविधान घोषणा नयाँ गरिएको थियो। असोज ३ गते नयाँ संविधान जारी भएको सम्झनामा यो दिवस मनाइन्छ। यस अवसरमा हिँजो (असोज २ गते, आइतबार) देखि भोली (असोज ४ गते, मंगलबार) सम्म ३ दिनसम्म संविधान दिवस मनाइँदै आएको छ। जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको थियो। देशले… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३ दशमलव ९७ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य चार अङ्कले ओरालो लागेको छ । कूल दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार चार सय ४५ कित्ता शेयर रु एक अर्ब ६० करोड १८ लाख २२ हजार… पुरा पढौ

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमको श्रीमती र दुई छोरा छन । उनी काठमाडौँको कमलपोखरीमा जन्मिएका थिए । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा… पुरा पढौ

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र… पुरा पढौ

छाला उद्योग आर्थिक सङ्कटमा

वीरगञ्ज । नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक सङ्कटमा परेका छन् । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक सङ्कलनमा परेका हुन् । विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन नसकेको सङ्घका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा हाल नेपाली लगानीका तयारी छाला उत्पादन गर्ने १२ उद्योग मात्रै सञ्चालनमा… पुरा पढौ

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल… पुरा पढौ

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिएका… पुरा पढौ

नेपालका संविधानमा कृषि र किसान

काठमाडौँ । नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा ५ मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् ।… पुरा पढौ

एएफसी यु–२० एसियन कप छनोटः नेपालले अन्तिम खेल खेल्दै

बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आज (आइतबार) अन्तिम खेल खेल्दैछ । सान्त्वना जितको लक्ष्यसहित नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको हो । यसअघि, लगातार ३ खेल हारेको नेपाल बंगलादेशविरुद्ध आज पहिलो जितको खोजीमा रहनेछ । नेपालको खेल शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा राति राती ८ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित बनेको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिममा

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो । बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई ७… पुरा पढौ