देश

विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो

मोरङ । इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद९ईद उल अजहा० आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाजप्रार्थना गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद… पुरा पढौ

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए हुन् । प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो… पुरा पढौ

वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्। मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन आजको आवश्यकता भएको उनको भनाइ छ । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न… पुरा पढौ

सिपिसीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसीं) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान यहाँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आउनु भएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको… पुरा पढौ

मातापिताको नाममा विनियोजित बजेट फिर्ता गर्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

गण्डकी प्रदेश शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्ना बुबा–आमाको ट्रष्टमा आएको विवादित बजेट फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भनि माग राखेका छन्। उनले आफ्नो बुबा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुसार कार्य गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्। उनले आफूलाई जनताको पक्षमा काम गर्ने काँग्रेसको सीपाहीका रुपमा उल्लेख गरेका छन्। समाजिक संजालमा एकाएक आएका टिप्पणीले आफूलाई गंभीर बनाएको भन्दै समाजका असहाय र ज्येष्ठ नागरिककको हितका लागि बजेट पारेको… पुरा पढौ

आजदेखि एनएसए पौडी प्रतियोगिता

आजदेखि १० औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आज (आइतबार) देखि हुने भएको छ। नेपाल पौडी संघको बार्षिक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ। प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका १ महिला र १ पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको… पुरा पढौ

बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल जोहा) मनाउँदै छन्। ‘इद ऊल जोहा’ अथवा ’इद ऊल अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदैछन्। इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ। नेपाल सरकारले बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा समेत दिने गरेको छ। बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न… पुरा पढौ

मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए । उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको… पुरा पढौ

चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

काठमाण्डौं । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत… पुरा पढौ

एकैदिन १ सय बढी कोरोना संक्रमित

पोखरा । नेपालमा शनिबार एकैदिन एक सय जना बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनामा गरिएको नमुना परीक्षणमा १ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ३१ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पुरा पढौ