देश

नेपाली डकुमन्ट्री ‘को–हजबेण्ड’लाई अमेरिकामा अवार्ड

पोखरा । गणेश पाण्डे निर्देशित डकुमेन्ट्री सहायक श्रीमान् (को–हजबेन्ड) ले अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो । बहुपतिप्रथामा आधारित डकुमेन्ट्रीको कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको छ । ३५ मिनेट लामो सो डकुमेन्ट्रीमा नेपालको हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलनको विषयलाई निर्देशक पाण्डेले… पुरा पढौ

पोखरा ट्रेडमलको रक्तदान कार्यक्रमा ८४ युनिट रगत संकलन

पोखरा श्रावण २४ गते पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रा.लिले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ । पोखरा ट्रेडमलले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । प्रा.लिका प्रबन्ध निर्देशक श्री मिनराज काफ्ले ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरेले स्वागत गरेको कार्यक्रममा स्थानिय बुद्धमार्ग टोल विकास समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई… पुरा पढौ

गठबन्धन नेतालाई जिताउन मात्र हैन : मन्त्री कार्की

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन । मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहो¥याए । मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३।३५ अङ्कले घटेर दुई हजार ६२।८० अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८।६८ अङ्कले ओरालो लागेर ३९७।४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका… पुरा पढौ

वीरेन्द्रनगरले बनायो शिक्षाको दसवर्षे योजना

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना तयार गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका लागि सार्वजनिक गरेको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख धिरेन्द्रप्रसाद शर्माले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयकै खाकामा रहेर विभिन्न १५ वटा विषयमा चार महिना लामो छलफलपछि रणनीतिक योजना मस्यौदा तयार पारिएको जानकारी दिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको बताए ।… पुरा पढौ

‘प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनुपर्छ’

काठमाडौँ । सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै उनीहरुले संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता हुनुपर्ने बताए । सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागितालाई व्यावहारिक कार्यान्वयन गराउन निर्वाचनका दुवै प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने धारणा राखे । उनले प्रत्यक्ष निर्वाचन र… पुरा पढौ

स्याउ उत्पादन बढ्दो

दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख… पुरा पढौ

राष्ट्रपति भण्डारी साउन ३१ गते पोखरा आउने

पोखरा २४ साउन राष्ट्रपति विद्यादेवी भण्डारी साउन ३१ गते पोखरा आउने भएकी छन् । पोखराको वाटुलेचौरमा रहेको नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घघाटन गर्न आगामी ३१ गते मंगलबार पोखरा आउन लागेकी हुन् । राष्ट्रपति नै प्रमुख अतिथि रहने उक्त कार्यक्रमलाई व्यवस्थित बनाउन तथा सबै क्षेत्रसँगको समन्वय र प्रचार प्रसारलाई तिव्र पारिएको हीरक जयन्ती मुल आयोजक समितिले जनाएको छ । समापनका अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा नव निर्मित… पुरा पढौ

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । बैठकमा सांसद विन्दा पाण्डेले संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि उल्लेखनीय सहभागिता नभएको भन्दै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा महिलाको समानुपातिक सहभागिताअन्तर्गत प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवारी सुनिश्चित गराउन कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको ध्यानाकर्षण गराए । उक्त ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संविधानले व्यवस्था गरेको महिला सहभागिताको सुनिश्चितताका लागि कानुनी अड्चन हटाउन… पुरा पढौ

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ । पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता… पुरा पढौ