पोखरा, २१ माघआगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले पोखरा–१४ चाउथेमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय बुधबार उद्घाटन ग¥यो ।यो कार्यालय उद्घाटनको दृश्य भने फरक देखियो । पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाट यो कार्यालय उद्घाटन गराउने तयारी थियो ।रिबन काट्न हातमा कैंची पाएपछि अधिकारीले सोधे, ‘यहाँ जेन्जी पुस्ता को हुनुहुन्छ ?’ आफ्नो दायाँबायाँ हेरे । कास्की रुपा गाउँपालिकाका आदर्श सुवेदी अगाडिपट्टि उभिएका थिए । अधिकारीले सोधे, ‘बाबु, जेन्जी होइन…
पुरा पढौ