देश

एन्फाका नि.उपाध्यक्ष तथा पूर्व प्रशिक्षक थापाद्वारा एमाले परित्याग

पोखरा, साउन १९ अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान उपाध्यक्ष कृष्ण थापाले एमाले परित्याग गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षकसमेत रहेका थापाले विहीबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २४ हेमजार निवासी थापा फुटबलका टेक्निकल विज्ञपनि हुन् । उनी पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । एमाले फुट्दासमेत माधव नेपालको नेकपा एकीकृत समाजवादीमा नगई बसेका उनले अचानक पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर–३… पुरा पढौ

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीगडकरीबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान फूलहर हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरे । नेता निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका… पुरा पढौ

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई… पुरा पढौ

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ । खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना,… पुरा पढौ

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।रासस पुरा पढौ

‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक

‘काठमाडौँ । न्यायको पहुँचमा दलित रु’ पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर जेएमसीले प्रकाशन गरेको सो पुस्तकलाई प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आज आयोजित कार्यक्रममा सार्वजनिक गरे । अनुसन्धानमा आधारित पुस्तकमा दलित समुदायको मानवअधिकार उल्लङ्घन र न्यायका लागि सङ्घर्षमा केन्द्रित छ । समिति सभापति पोखरेलले संवैधानिक र कानुनीरुपमा सुनिश्चित् अधिकारको व्यवहारिक रुपमै कार्यान्वयन गर्दै थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र… पुरा पढौ

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान

काठमाडौँ । सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ । स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिए । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर… पुरा पढौ

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंसिकरुपमा अवरुद्ध

काठमाडौँ । वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा… पुरा पढौ

पर्यटकको पखाईमा छाँगे झर्ना

भोजपुर । भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो रहेको छ । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयवासीले यसलाई प्राकृतिको सुन्दर उपहारका रूपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झर्ना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासीको… पुरा पढौ

बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने

झापा । जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् । चालु आर्थिक वर्ष २०७९÷८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् । नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारीदिए । उनले सम्झौता गरिएको… पुरा पढौ