देश

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनका अनुसार अबको दुई तीन दिन लगातरको भारी वर्षाको सम्भावना भने रहेको छैन । न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतिर सर्ने क्रममा रहेकाले अबको केही दिन मनसुनी गतिविधि कम हुने बताइएको छ । हाल देशभर सामान्य बदली रही थोरै… पुरा पढौ

गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना

गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान… पुरा पढौ

निगमको प्रष्टीकरण–ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन ९आइओसी० लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो । आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७… पुरा पढौ

सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

काठमाण्डौं । सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभएको उहाँले बताउनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए । “बैठकले सरकारलाई निर्वाचन घोषणा गर भन्ने सुझाव दियो”, अध्यक्ष… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयले फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति पायो

पोखरा, साउन १८ गण्डकी बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), जियोमेट्रिक ईञ्जिनिरिङ, डिप्लोमा ईन फार्मेसी र हेल्थ असिष्टेन्ट (एच.ए.) अध्यापन गर्ने अनुमति प्राप्त गरेको छ । दुई वर्षअघि पोखरामा स्थापित शिक्षालयले यी चारवटा विषयमा अध्यापन गर्ने अनुमति पाएको हो । सिटीईभिटी परिषदको यहि साउन १५ गते बसेको बैठकले गण्डकी बहुप्राविधिक शिक्षालयलाई फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति दिने निर्णय गरेको शिक्षालयका निर्देशक लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले फार्मेसी र एच.ए. अध्यापनका लागि चिकित्सा आयोगमा सहमति लिने प्रक्रिया थाल्नेपनि… पुरा पढौ

ब्राह्मण नारी समाज बैदामको साधारण सभा सम्पन्न, भवन बनाउन सवा दुई लाख हस्तान्तरण

पोखरा, श्रावण १८ । ब्राह्मण नारी समाज पोखरा ६ बैदाम शाखाको दोस्रो साधारण सभा बुधबार सम्पन्न भएको छ । समाजले पोखरा महानगर पालिकामा वडा नं–८ सिमल चौरमा बन्दै गरेको केन्द्रिय कार्यलयको निर्माण सहयोगार्थ अ्रक्षेरुपी २ लाख २५ हजार रुपैयाको चेक समाजकी अध्यक्ष सावित्रि तिमिल्सीनाले ब्राह्मण समाज कास्की अध्यक्ष रामप्रसाद बास्ताकोटीलाई प्रदान गरिएको थियो ।साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज कास्कीका अध्यक्ष राम प्रसाद बास्ताकोटी नेपालका अरु जातजाति भन्दा ब्राह्मण जाति संख्यात्मक रुपमा धेरै भएता पनि सरकारको निति… पुरा पढौ

पोखरामा बसको ठक्करबाट एकको मृत्यू

पोखरा, साउन १८ पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यू भएको छ । पोखरा सभागृहचोकमा आज विहान ग.१ ख.३८२५ नम्बरको बसले ठक्कर दिदा एक बृद्धको मृत्यू भएको हो । मृत्यू हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई पोखरा लेकसाईडमा बस्दै आएका ७५ वर्षिया बृद्धा सुनमाया तिलिजाको मृत्यू भएको हो । बसको ठक्करबाट गम्भीर घाईते भएका तिलिजालाई तत्कालै उद्धार गरेर उपचारका लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पताल लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यू भएको कास्की प्रहरीले… पुरा पढौ

गण्डकीका यातायात व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित, साउन २२ गतेदेखि घर र ग्यारेजमा थन्काउने

पोखरा, साउन १८ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले सवारी कर वृद्धिको विरोधमा गाडी सञ्चालन नगर्ने घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले अन्यायपूर्ण कर वृद्धि गरेको विरोधमा यहि साउन २२ गते आईतबारदेखि सवारी साधन सञ्चालन नगर्ने घोषणा गरेको हो । उसले सो दिनदेखि आफू मातहत रहेका सम्पूर्ण गाडीहरु घर÷ग्यारेजमा थन्काउने बताएको छ । यसअघी यातायात व्यवसायीलाई सरकारले साठी प्रतिशत कर छुट दिदै आएको थियो । सो करछुट बापत व्यवसायीले विद्यार्थी, वृद्धवृद्धा,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका हुन । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु… पुरा पढौ

थप ९१५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप तीन सय एक सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार नौ सय २६ पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या… पुरा पढौ