देश

शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए । शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियोे । नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थीबीचमा विभिन्न… पुरा पढौ

रा.भूमि आयोगद्वारा पोखराका ३९ परिवारलाई जग्गा धनीपूर्जा वितरण

पोखरा । पोखरा–१४ सुकुम्बासी टोलका सुकबहादुर दमै (६०)ले २०५२ सालमा सेतो पूर्जा पाए । उनले पूर्जा हातमा त पाए तर कहिल्यै आफ्नो महशुष गरेनन् । किनकी त्यो पूर्जा रातो पूर्जा थिएन । उनी भोगचलन त गर्थे तर न त्यो घरजग्गा सँधैलाई आफ्नो भयो भनेर ढुक्क हुन मिल्थ्यो नत त्यसलाई धितो राखेर ऋण नै पाईन्थ्यो । बरु कसैले उठीबास पो लगाउने हो कि भनेर त्रास र आतंकले मनमा डेरा जमाउँथ्यो । त्यहि भएर उनी दिनरात कहिले रातो पूर्जा पाईन्छ भनेर आशमा… पुरा पढौ

सडकसँग जोडिएपछि उज्यालिँदै दरबाङ बजारको अनुहार

गलेश्वर । डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रूपमा चिनिएको पश्चिम म्याग्दीको मुख्य ग्रामीण बजार दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जनभन्दा बढी गाउँका लागि व्यापार व्यवसायको प्रमुख बजार बनेको छ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द्र हो । जिल्लाको दोस्रो सदरमुकामका नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको छ । धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको… पुरा पढौ

भारतीय सेनाध्यक्ष काठमाडौँमा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक स्वागत अभिवादन गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छन । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ… पुरा पढौ

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।रासस पुरा पढौ

सार्वजनिक र सरकारी जग्गा खाली गराउन आग्रह

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा… पुरा पढौ

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम नरोकिएकामा चिन्ता व्यक्त गरे । नेता प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको तथा विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको पनि बताए । उनले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा यसको साख गिर्दो भएकाले यस प्रकारको समस्या समाधान गरी विश्वविद्यालयलाई… पुरा पढौ

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक भ्याट जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो… पुरा पढौ

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

काठमाण्डौं । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि. ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका… पुरा पढौ

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताए । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उनले अझै केही समय गाली र आलोचना मात्रै… पुरा पढौ