देश

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ घ बमोजिम कार्वाइडको एसिटिलिन ग्यास प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो । विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा… पुरा पढौ

सभामुख सापकोटा अजरवैजान प्रस्थान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ ।प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवलायका प्रवक्ता डा रोजनाथ पाण्डेले… पुरा पढौ

मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि

मकवानपुर । तत्कालीन नेकपा एमालेका महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले… पुरा पढौ

नेपाल वायुसेवा निगमको लिखित परीक्षा र विज्ञापन रद्द

नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्द गरेको छ। निगमको मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा संचालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको निगमले जनाएको छ। आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं.… पुरा पढौ

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको… पुरा पढौ

कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ ; मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामति ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताएका छन ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्याच प्रमोसन’ गर्दा कर्मचारीको मनोबल उच्च हुने उल्लेख गरे। स्थानीय र प्रदेशमा तथा सङ्घको पनि स्वास्थ्य सेवामा तह व्यवस्था रहेको छ । कतिमा तहगत र कतिमा श्रेणीगत व्यवस्था भएकाले एउटै र समान बनाउन लागिएको उनले बताए। सङ्घीय निजामति कर्मचारी ऐन पारित हुँदा कर्मचारीको मनोबल बढ्ने र प्रशासनमा भ्रष्टाचार… पुरा पढौ

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन। भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको… पुरा पढौ

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

तनहुँ । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ ।‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह… पुरा पढौ

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४… पुरा पढौ

अखिल क्रान्तिकारीका ८ जनामाथि कारबाही

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका ८ जनामाथि अनिश्चितकालका लागि कारबाही चलाएको छ। क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जनालाई अनिश्चितकालका लागि निलम्बन गरिएको हो। अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ। निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन्। गत जेठ ५ गते संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो।… पुरा पढौ