देश

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनिन्, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन्… पुरा पढौ

कास्कीमा महिला मतदाता बढी, १५३ स्थलमा ३५४ मतदान केन्द्र

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तय भएका मतदाताको सूची सार्वजनिक गरेको छ। मंगलबार प्रकाशित भएको नामावली अनुसार कास्कीमा ३ लाख ८ हजार ५७२ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीन वटै क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । तथ्याङ्कअनुसार कास्कीमा पुरुष मतदाता १ लाख ४८ हजार ४१५ र महिलाको संख्या १ लाख ६० हजार १५३ रहेको छ । जसमा अन्य ४… पुरा पढौ

कास्कीमा नेकपाका उम्मेदवार : मतदाताको सुझाव सुन्दै मत माग्दै

पोखरा, २० माघकसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै… पुरा पढौ

मतदाताको विश्वासलाई धोका दिन्न: एमाले उमेद्वार आचार्य

कास्की क्षेत्र नं. २ का एमाले उमेद्वार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातालाई भेटी सुझाव संकलन गर्ने कार्यलाई तिब्रता दिएका छन् । उनले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर ७ का जनतासँग टोल र बस्तीमा पुगेर आगामी कामका सम्बन्धमा सुझाव संकलन गरेका हुन् । सो वडाका भूमिहीन जनताका सुझाव र गुनासा संकलन गर्ने क्रममा उमेद्वार आचार्यले संविधानले प्रदान गरेको जमिन र आवासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भूमिहीनको समस्या आफ्नो पार्टीले पहिचानसहित समाधान… पुरा पढौ

दिव्यज्योति विद्यालयलाई लायन्सद्वारा युरोगार्ड वितरण

लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखरा १६ , दीपमा रहेको दिव्यज्योति आधारभूत विद्यालयलाई युरोगार्ड वितरण गरेको छ । लायन्सको “शुद्ध खानेपानी कार्यक्रम” तथा “स्थानीय सरकारसँग लायन्स अभियान”अन्तर्गत विद्यालयलाई युरोगार्ड वितरण गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा स्थानीय सरकारसँग लायन्स अभियानका प्रमुख लायन बालकृष्ण बरालले विद्यालयका प्रधानाध्यापक लक्ष्मी बराललाई युरो गार्ड हस्तान्तरण गर्दै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र वालवालिकालाई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न सहयोग उपयोगी हुने बताए । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीका अध्यक्ष… पुरा पढौ

पोखराको लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन ह्वाटस् एप ग्रुप अभियान

पर्यटनको राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ । लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो । लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष… पुरा पढौ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरुले जनतको उत्साहजनक साथ पाएको जनाएका छन् । आ–आफ्नो क्षेत्रमा भेटभाट, घरदैलोमा व्यस्त उनीहरुले यस्तो बताएका हुन् ।कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरुमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रुपमा स्वगत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए । ‘जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँरुको सुखदुःखमा सहभागी हुन्छौं’, उनले भने ।… पुरा पढौ

साफ महिला यु–१९ च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालको सम्भावना कायमै

सन्देश श्रेष्ठपोखरा, माघ १९ बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बंगलादेश लगातार दोस्रो जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले सोमबार भएको खेलमा भारतलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेको हो । सोमबारको खेलमा बंगलादेशले भारतलाई २–० ले पराजित गर्यो । पहिलो खेलमा भुटानबिरुद्द एक दर्जन गोल हानेको बंगलादेशले सोमबारको खेल पनि एकतर्फी पेलेको थियो । शुरुदेखि नै आक्रामक रणनीतिमा उत्रिएको बंगलादेशले खेलको २९ औं… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन बिजयी

सन्देश श्रेष्ठपोखरा, माघ १९ प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४०… पुरा पढौ

गीतकार रमिल अधिकारीद्वारा रत्नशोभाका विद्यार्थीलाई सहयोग हस्तान्तरण

गीतकार डा रमिल अधिकारीले पोखरा २८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा। अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा। अधिकारीले बताए । डा। अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका छन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग… पुरा पढौ