देश

राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएकी छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिईन् । “आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले कर्तव्य… पुरा पढौ

तत्कालिन नेकपा एस कास्कीका उपाध्यक्ष रेग्मी सहितका नेता एमालेमै फर्किए

तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली एमालेमा फर्किएको छ । एमाले जिल्ला कमिटी कास्कीले सोमबार आयोजना गरेको घर फर्क कार्यक्रममार्फत रेग्मीसहित प्राध्यापक डा। टंकराज अधिकारी, शिवराज आचार्य, रवीन्द्रराज पौडेल, नवराज भण्डारी, पवित्रा न्यौपाने, नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूको संगठनका गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर दीपक सुवेदी,मजदुर नेता दिपक भुजेल, वडा कमिटी पोखरा १९ का अध्यक्ष प्रदीपराज पौडेल लगायतका एमालेमा फर्किएका हुन् । युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज विकास भट्टराईको नेतृत्वमा युवाहरूको समूह एमालेमै फर्किएको छ… पुरा पढौ

पोखरा १७ मा रश्मिको घरदैंलो,आशा लाग्दो युवा उम्मेदवार पाएकोमा मतदाता उत्साही

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं २ का एमाले उम्मेदवार रश्मि आचार्यले पोखरा महानगर पालिका वडा न १७ का जनतासंग टोल टोल टोल र बस्ती पुगेर सुझाव संकलन गरेका छन। सो क्रममा वडाबासीले योजना सहितको आशा लाग्दो जुझारु युबा उम्मेदवार प्राप्त गर्दा आफुहरू अत्यन्तै खुशी भएको भन्दै आफ्नो टोल क्षेत्रमा गर्नुपर्ने भाबी कामको सुझाव प्रस्तुत गरेका छ्न।देशलाई संकटबाट पार लगाउने क्षमता भएको र समृद्धिको प्रष्ट बिचार लिएर आउनु सकारात्मक रहेको भन्दै आफुहरू बिजय गराउन आतुर भएको… पुरा पढौ

पोल्याण्ड पठाईदिने बहानामा ठगी गर्ने २ जना कास्की प्रहरीको नियन्त्रणमा

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै ठगी गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी विदेशका विभिन्न होटलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने पोखरा १९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगु घर भई पोखरा ६ बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ ८ गते पक्राउ गरेको हो । पौडेललेआफू कानून व्यवसायी रहेको र श्रीमान्ले पोल्याण्डमा होटल संचालन गरिरहेको भन्दै रकम असुल्ने गरेको पाईएको छ । उनीहरुले हाल… पुरा पढौ

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भने । “हामीले लगानीमा आकर्षक प्रतिफलका… पुरा पढौ

मुस्ताङका उम्मेदवार गुनासो,‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । मुस्ताङका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाखरजेठ र कात्तिक÷मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक र मङ्सिर महिनामा बेसी झरेर चैतरवैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा… पुरा पढौ

कास्की अदालत परिसरमा निःशुल्क आँखा शिविर,२१५ जना लाभान्वित

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो । शिविरको जिल्ला अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गरेका थिए । अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा आवद्ध… पुरा पढौ

चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार गुरुङ

हेमजावासीसँग भनिन्ः कृषि क्षेत्र र सहरलाई व्यवस्थित बनाउन भूमिका खेल्छुपोखराकास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने, उनीहरुका कुरा सुन्ने र नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिवद्धता जनाइन् ।याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात

सन्देश श्रेष्ठपोखरा, माघ १८ पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित… पुरा पढौ

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा

पोखरा, १८माघ कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब… पुरा पढौ