देश

पोखरा घुम्न आउने रुकुमेलीलाई पोखरेलीको निम्तो

सन्देश श्रेष्ठपोखरा, जेठ ४ पोखराले रुकुमेली पाहुना आकर्षित गर्ने जमर्को गरेको छ । यसअघि पूर्वी, दक्षिण र पश्चिमी क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको पोखराले पहिलो पटक रुकुमेलीलाई पोखरा घुम्न आउन निम्तो दिएर त्यहाँको पाहुना आकर्षित गर्ने जमर्को गरेको हो । पोखराले प्राय पूर्वी क्षेत्रहरु बीरगञ्ज, विराटनगर, काकडभिट्टा, ईलाम, चितवन तथा पश्चिमी क्षेत्रहरु भैरहवा, बुटवल, नेपालगञ्ज, धनगडी, सुर्खेतलगायतका ठाउम पुगेर पर्यटन प्रवद्र्धन गर्ने गरेको थियो । तर यसपटक भने पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजनामा मध्यपहाडी लोकमार्ग केन्द्रीत गन्तव्यहरुमा पुगेर… पुरा पढौ

जङ्गली भ्याकुर खाँदा पश्चिम बागलुङमा एकको मृत्यु, आठ जना बिरामी

निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । बिरामी हुनेहरुमा… पुरा पढौ

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए । उनले यस प्रकारको विरोध आगामी दिनमा… पुरा पढौ

पोखरा १३ मा हुने तरबुजा मेलाको तयारी पुरा, गर्मी लागेसँगै माग बढ्दो

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए । उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५… पुरा पढौ

तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारकालागि ४ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुहुने तमु धिं नेपालका परम आदरणीय मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवार द्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाको मेजर जयबहादुर - उदय चन्द्र - मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याज बाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ… पुरा पढौ

तमु धिं युवा समिति द्वारा ५६ पिन्ट रक्त संकलन

तमु धिं नेपालको ४१औं स्थापना दिवस‌को अवसरमा तमु धिं नेपाल केन्द्रिय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन। रक्तदान जीवनदान नाराका साथ पोखरा ९, महेन्द्र‌पुलमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी गुरुड ब्युटि पार्लर एण्ड एकेडेमीकी संचालक, वरिष्ठ ब्युटिसियन, तमु धिं नेपालकी केन्द्रीय सदस्य चिनु गुरु‌ले प्रथम रक्तदाता तमु धिं कास्कीका अध्यक्ष प्रेमबहादुर गुरु‌ङ्गलाई ब्लड‌ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो I प्रमुख अतिथि गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु हुदै अत्यन्तै गर्बिलो संख्या तमु धिं नेपाल स्थापनाको… पुरा पढौ

वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन महानगरलाई दलहरुको सुझाव

सन्देश श्रेष्ठपोखरा, जेठ ३ कास्कीका राजनीतिक दलहरुले वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको समय सकिनै लागेका बेला राजनीतिक दलहरुसँग गरेको छलफलमा उनीहरुले वैकल्पिक व्यवस्था गरेर मात्रै भूमिहीन, सुकुमबासीलाई हटाउन सुझाव दिएका हुन् । पोखरा महानगरपालिकाले पोखरा बसपार्क, फिर्केखोला करिडोर, अमरसिंहचोक र फेवाताललगायतका क्षेत्रमा संरचना हटाउन ३५ दिने सूचना निकालेको एक महिना पुगेको छ । अब केहि दिनमै अतिक्रमित संरचना भत्काउने तयारी स्वरुप… पुरा पढौ

जेष्ठ नागरिक पोखरा १९ मा माधव, ३८ जना सम्मानित

जेष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधव प्रसाद पौडेल चयन भएका छन् । समाजको शनिबार सम्पन्न छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा तिलकुमारी कार्की ,सचिवमा ढाकामोहन पौडेल ,कोषाध्यक्षमा हरी गौतम र सदस्यहरुमा धरेन्द्र नारायण पौडेल ,मित्रलाल बास्तोला ,पोषराज पौडेल ,मैया पौडेल ,प्रेम प्रसाद तिवारी ,नबिना गौतम ,कमल आचार्य र रुपा केसी रहेका छन् । समितिमा जनजाती र दलित तर्फका २ जना सदस्य मनोनित हुन बाँकी रहेको जनाईएको छ… पुरा पढौ

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,”… पुरा पढौ

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ(१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट ९भेप० बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट भेप फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए । शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका… पुरा पढौ