देश

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

सन्देश श्रेष्ठ पोखरा, माघ १७ पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल भिडन्तमा गण्डकीले बाजी मा¥यो । गण्डकीले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो सेट गुमाएको गण्डकीले खेलमा पुनरागमन (कमब्याक) गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट भोलिदेखि, उद्घाटन खेलमा प्रतिभा र वाराही खेल्ने

पोखरा, माघ १७ पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले गर्ने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा… पुरा पढौ

फेन्सी तथा रेडिमेड व्यवसायी संघको साधारणसभा सम्पन्न

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले फेन्सी तथा रेडिमेड व्यवसायी संघ संस्थाको महत्वपुर्ण वस्तुगत समिति रहेको बताउदै, संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए । अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिति… पुरा पढौ

नेकपाले गर्यो कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना

पोखरा, माघ १७ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपाका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । कार्यालयको नेकपाका केन्द्रीय सचिव तथा साविक नेकपा एसका गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सचिव बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको र नयाले… पुरा पढौ

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार… पुरा पढौ

कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी सम्पन्न

पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित कुमुदिनी माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे। कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे ।कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर मूल्याङ्कन गरेका थिए ।… पुरा पढौ

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना ९हेडवक्र्स०, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ४७ प्रतिशत… पुरा पढौ

साफ महिला च्याम्पियनसिपको उद्घाटनमा बङ्गलादेश र भुटान भिड्दै

देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ः०० बजे भिड्दैछन् । यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ । नेपाल र भारत दिउँसो ३ः०० बजे आमनेसामने हुँदैछन् । पोखरामा पहिलोपटक आयोजना भएको साफ महिला फुटबलमा चार देशले सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ०को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड… पुरा पढौ

तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती

सन्देश श्रेष्ठपोखरा, माघ १६ स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए । पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति… पुरा पढौ