देश

विन्ध्येश्वरी आदर्शमा निर्वाचनको झल्को, मतदानबाट छानिए छात्रछात्रा प्रमुख

संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट गरेका छन् । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मताधिकार प्रयोग गरी आफ्ना प्रमुख छानेका हुन् । सो निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा मञ्जिसा भुजेल र कक्षा ९ मा अध्ययनरत छात्र सफल घर्ती मगर प्रमुख छात्र तथा छात्रामा निर्वाचित भएको सामाजिक शिक्षक तथा निर्वाचन आयुक्त विपीन गौतमले जानकारी दिए । पाँच जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए… पुरा पढौ

नयाँ भवनमा इतिहास झल्काउँदै कास्कीको रुपा गाउँपालिका

कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ ।विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक… पुरा पढौ

रात्रीकालिन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग

होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो । उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी… पुरा पढौ

लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना, पुवी कास्कीका सेवाग्राहीलाई सहजता

पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ । लेखनाथको पावरहाउसमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उद्घाटन पछि आयोनित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लेखनाथमा कार्यालय रहन्छ कि रहदैन भन्ने आशंका अन्त्य भएको बताए । उनले यहाँ स्थापना भएको सरकारी कार्यालय अब अन्यत्र नसारिने पनि स्पष्ट पारे । जनतालाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउँदै, उनले कार्यालय स्थापनासँगै नागरिकले भोग्नु परेको असुविधा पनि अन्त्य भएको बताए । मुख्यमन्त्री पाण्डेले यातायात… पुरा पढौ

विश्वकर्मा वैदिक गुरुकुल स्थापनाका लागि सुझाव संकलन

शिल्पी समुदायका वालवालिकालाई सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्नको लागि पोखरामा सुझाव संकलन गरिएको छ । प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विश्वहिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवम शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराईलीले सनातन धर्म रक्षार्थ बिश्वकर्मा पण्डीतहरुबाट कर्मकाण्डी कार्य गर्दै आएको बताउदै, शिल्पी पण्डीत गुरुहरुको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउनु पर्नेमा जोड दिए । विश्वकर्मा समाज नेपालका संस्थापकसमेत रहेका उनले धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका वालवालिकालार्इ सनातन संस्कृती अध्ययनका… पुरा पढौ

२४ वर्ष वर्षदेखि खेल बिट हेरिरहेका बराललाई खेल पत्रकारिता अवार्ड, प्रोफाइलसहित

पोखरा, जेठ १दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट खेल पत्रकार अवार्ड दीननाथ बरालले प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको अवार्ड समारोहमा विगत २४ वर्षदेखि निरन्तर खेल बिट हेरिरहेका बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गरिएको हो । अवार्डको साथमा नगद ३५ हजारसहित दोसल्ला र ताम्र पत्र रहेको छ ।उनलाई गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्चका… पुरा पढौ

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के काम गर्ला ?

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरिएको हो । सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराखेका छन् । नवगठित यो मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून… पुरा पढौ

सरकारले गर्यो दश महिनामा ६० प्रतिशत मात्रै बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख… पुरा पढौ

रारा पोखरा स्पोर्ट्स अवार्ड-२०८२ : प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाईफटाईम अचिभमेन्ट अवार्ड

सन्देश श्रेष्ठपोखरा, बैशाख ३१ टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा विहीबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोटर््स अवार्ड–२०८२ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टि खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जिते । त्यस्तै, एथ्लेटिक्सकी ८ सय मिटर धाविका नारायणीले मोनिका राना (आर्चरी) र मनिषा… पुरा पढौ

१० औं रारा पोखरा स्पोर्ट्स अवार्ड जारी, कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड

दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगर खेलकुद विकास… पुरा पढौ