देश

एमाले सबै अट्ने पार्टी हो : उम्मेदवार कृष्ण थापा

पोखरा, २५ बैशाख ।पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे ।उनले एमालेले जनतालाई सुख र दुखमा साथ… पुरा पढौ

वडा नं-११ मा एमाले घरदैलो, उमेद्वार गुरुङ भन्छन् : सुकुम्बासीलाई एक घर एक रोजगारीको ग्यारेण्टी गर्छौं

पोखरा २५ वैशाख ।स्थानीय तहको चुनावी अभियान अन्तरगत पोखरा ११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गत वैशाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताबाट आर्शीवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा एमालेका उम्मेदवार विजयी हुने पोखरा ११ निर्वाचन प्रचारप्रसार संयोजक मदन सुनारले दावी गरे ।‘घरदैलोमा हामी जहाँ–जहाँ पुग्यौं, त्यहाँ रहनुभएका आमाबुवा दाजुभाई दिदीबहिनीले यसपाली ढुक्क हुनुस्, हामी तपाईंहरुलाई जिताउँछौं भन्नुभएको छ ।’ उनले भने, ‘यसपटक पोखरा ११ मा एमालेको जित पक्का छ ।’वडामा रहेका समस्याको पहिचान… पुरा पढौ

पोखरा–१२ का जनता भन्छन् : सिंचाई र बाटो ल्याईदिने माओवादीलाई भोट

पोखरा, २५ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–१२ का लालीगुराँस टोल र भृकुटीमार्गका जनताले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्ने प्रतिबद्धता जनाएका छन् । घरदैलोका क्रममा पोखरा–१२ का उम्मेदवारहरु लालीगुराँस शान्ति मिनिमार्गका बासिन्दा तथा भृकुटी मार्गका बासिन्दाले माओवादीकै कारण आफ्नो ठाउँमा बाटोसँगै सिंचाईका लागि नहर र कुलो प्राप्त भएकाले त्यसको गुन सम्झेर माओवादीलाई भोट हाल्ने बताएको माओवादीबाट सदस्य पदकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् । स्थानियलाई उद्धृत गर्दै उनले भनिन्,‘हाम्रो लागि विकास दिने माओवादी नै । अब हामी माओवादीलाई नै भोट… पुरा पढौ

पोखरा–३२ मा माओवादी उम्मेदवार : चुनाव जितेमा घरघरमा आएर लालपूर्जा बाँड्छौं

पोखरा, २४ बैशाख नेकपा माओवादी केन्द्रका नेता विष्णु पौडेलले चुनाव जितेलगत्तै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएका छन् । पोखरा–३२ मा आईतबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादीका नेता पौडेलले भने,‘अहिले भोट हालेर चुनाव जिताउनूस् । हामी चुनाव जितेको केहि समयमै घर÷घरमा आएर लालपूर्जा दिन्छौं ।’ उनले कांग्रेस एमालेले चुनाव जितेपनि लालपूर्जापनि नदिने र विकास र समृद्धिका लागिपनि काम नगर्ने भएकाले उनीहरुलाई भोट हाल्न नहुने बताए । कार्यक्रममा माओवादी उम्मेदवारहरुलेपनि जितेलगत्तै लालपूर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको पक्षमा उभिने… पुरा पढौ

पोखरा-२२ का उम्मेदवार बराल भन्छन् : बाँदर नियन्त्रणमा पहल गर्छु

पोखरा २५, वैशाख पोखरा २२ (पुम्दी भुम्दी) मा बादर नियन्त्रणको लागि बिषेश पहल गर्ने पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन्। यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि संचालन भएको प्रचार अभियान अन्र्तगत घरदैलो कार्यक्रममा स्थानियले बादर नियन्त्रण गर्न माग गरेसंगै अध्यक्षका प्रत्यासी बरालले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन्। स्वतन्त्र उमेदवार बरालले भूईकटहर चिन्हःमा आफुलाई स्थानियले मतदान गरी विजयी गराएको खण्डमा आफुले बादर नियन्त्रणको लागि बिउ पुंजिको रुपमा क्षतिपुर्तिको व्यबस्था, बैकल्पिक… पुरा पढौ

गठबन्धनका मतदातालाई जिताउन कांग्रेसको वडैपिच्छे ‘नमूना मतदान’

पोखरा, २५ बैशाख । चुनावी घरदैलोमा पुगेका उम्मेदवार र उनीहरुको समूहले यतिबेला महानगरका ३३ वटै वडाका मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेका छन् । मत बदर नभई गठबन्धनको पक्षमा बढि भन्दा बढि मत ल्याउनका लागि मतदाता शिक्षा आवश्यक भएको ठहर गर्दै उम्मेदवारहरुले मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाएका हुन् । नेपाली काँग्रेसले मतदाता नझुक्किउन् भनेर प्रत्येक वडामा टोली नै खटाएर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । ‘प्रत्येक वडामा हामीले वडा कमिटिमार्फत यो अभियानलाई तिव्रता दिईरहेका छौँ ।… पुरा पढौ

पोखरा-१८ मा २२ सय भन्दा धेरै मत ल्याएर जित्छौं : राजु

पोखरा २५ बैशाख ।पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गरेका छन् । उनले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पार्दै आफ्नो प्यानलले जित्ने दावी गरेका हुन । आफुसंग वडा विकासको लागि योजना र जनताको समर्थन भएको तिमिल्सनाले बताए । गाउँ गाउँमा सिहदरबारको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहीन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको… पुरा पढौ

पोखरा-६ मा युवाहरुको आह्वान : गठबन्धनमा मतदान

पोखरा, बैशाख २५ । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ ।पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा नेपाल विद्यार्थि संघ, तरुण दल, युवा संघ नेपाल र वाइ सि एलका युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार जगतबहादुर पहारीले युवाह्ररुको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय युवाहरुले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन… पुरा पढौ

पोखरामा आज पाँचदलीय गठबन्धनले बृहद चुनावी सभा गर्दै

पाँचदलीय गठबन्धनले आज पोखरामा बृहद चुनावी आमसभा गर्दैछ । पाँचदलीय गठबन्धनले आज पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । बृहद चुनावी सभाअघि पोखराका… पुरा पढौ

पहिला जनता मुखि सेवा, त्यसपछि विकास : पोखरा-२२ का उमेदवार बराल

पोखरा २४, वैशाख पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले पहिला जनता मुखि सेवा शुभारम्भ गरे पछि मात्र विकास योजनाका कामलाई प्रथामिकता दिने बताउनु भएको छ । स्वतन्त्र उमेदवार अध्यक्षका प्रत्यासी बराल नेतृत्वको टोली शनिबार घर दैलो कार्यक्रममा सहभागि हुँदा स्थानिय समक्ष अध्यक्षका प्रत्यासी बरालले उक्त कुरा बताउनु भएको हो । स्थानियले जनताका साना भन्दा साना काममा झन्झटीलो व्यहोर्दै आउनु परेको टोली समक्ष गुनासो व्यक्त गरेसंगै अध्यक्षका प्रत्यासी बरालले पहिलो काम जनगुनासो नआउने गरी चुस्त दुरुष्त तथा… पुरा पढौ