देश

पोखरा-१८ मा २२ सय भन्दा धेरै मत ल्याएर जित्छौं : राजु

पोखरा २५ बैशाख ।पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गरेका छन् । उनले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पार्दै आफ्नो प्यानलले जित्ने दावी गरेका हुन । आफुसंग वडा विकासको लागि योजना र जनताको समर्थन भएको तिमिल्सनाले बताए । गाउँ गाउँमा सिहदरबारको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहीन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको… पुरा पढौ

पोखरा-६ मा युवाहरुको आह्वान : गठबन्धनमा मतदान

पोखरा, बैशाख २५ । पोखरा महानगर पालिका वडा न ६ बैदाममा पाँच दलिय गठबन्धनका युवाहरुको सयुक्त वृहत भेलाको आयोजना गरिएको छ ।पोखरा—६मा “युवाहरुको आब्हान गठबन्धनका उम्मेदबारलाई मतदान” भन्ने नारालाई आत्मसाथ गर्दै शनिबार सयुक्त युवा भेला गरिएको हो । भेलामा उल्लेख्य मात्रामा नेपाल विद्यार्थि संघ, तरुण दल, युवा संघ नेपाल र वाइ सि एलका युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार जगतबहादुर पहारीले युवाह्ररुको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय युवाहरुले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन… पुरा पढौ

पोखरामा आज पाँचदलीय गठबन्धनले बृहद चुनावी सभा गर्दै

पाँचदलीय गठबन्धनले आज पोखरामा बृहद चुनावी आमसभा गर्दैछ । पाँचदलीय गठबन्धनले आज पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । बृहद चुनावी सभाअघि पोखराका… पुरा पढौ

पहिला जनता मुखि सेवा, त्यसपछि विकास : पोखरा-२२ का उमेदवार बराल

पोखरा २४, वैशाख पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले पहिला जनता मुखि सेवा शुभारम्भ गरे पछि मात्र विकास योजनाका कामलाई प्रथामिकता दिने बताउनु भएको छ । स्वतन्त्र उमेदवार अध्यक्षका प्रत्यासी बराल नेतृत्वको टोली शनिबार घर दैलो कार्यक्रममा सहभागि हुँदा स्थानिय समक्ष अध्यक्षका प्रत्यासी बरालले उक्त कुरा बताउनु भएको हो । स्थानियले जनताका साना भन्दा साना काममा झन्झटीलो व्यहोर्दै आउनु परेको टोली समक्ष गुनासो व्यक्त गरेसंगै अध्यक्षका प्रत्यासी बरालले पहिलो काम जनगुनासो नआउने गरी चुस्त दुरुष्त तथा… पुरा पढौ

एकपटक विश्वास गर्नूस्, गर्व गर्ने गरी काम गरेर देखाउँछु : भानुभक्त अधिकारी

पोखरा, २४ बैशाख पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गरेका छन् । शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका उनले पोखरा–१ लाई स्मार्ट वडा बनाउने बताएका हुन् । उनले समृद्ध वडा बनाउन माओवादी (केन्द्र) बिजयी हुनुको विकल्प नरहेको बताए । उम्मेदवार अधिकारीले वडाबासीले युवा नेतृत्व खोजिरहेकाले आफू बिजयी हुनेमा विश्वस्त रहेको बताए । अहिलेका जनप्रतिनिधिहरुको रबैयाको कारण जनताले दुःख पाएको बताउँदै उनले जनतालाई स्थानीय सरकार महसुस हुने गरि काम गर्ने… पुरा पढौ

पोखरा–१२ मा माओवादी उम्मेदवारको वाचा : लालपूर्जा दिलाएरै छाड्छौं

पोखरा, २४ बैशाख नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले पोखरा–१२ का सुकुम्बासीलाई लालपूर्जा दिलाएरै छाड्ने वाचा गरेका छन् । पोखरा–१२ मा घरदैलो गर्दै सुकुम्बासी बस्ती पुगेका नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले उनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा स्थानियले जुन पार्टीलाई भोट दिएपनि काम नगरेकाले राजनीतिप्रति वितृष्णा जागेको बताएका थिए । साथै उनीहरुले अब त भोट हाल्ने मन मरेपनि माओवादीसँग थोरै भएपनि आशा जागेकाले यसपटक माओवादीलाई भोट हाल्ने प्रतिबद्धता जनाएको माओवादीकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् । स्थानियले गुठी व्यवस्थापनलगायतका… पुरा पढौ

पोखरामा सार्वजनीक शौचालय बनाउँछौं : धनराज आचार्य

पोखरा, २४ वैशाख । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखराको सार्वजनिक स्थलहरुमा शौचालय बनाउने बताएका छन् । पोखरा ५ मा घरदैलो कार्यक्रममा सहभागी हुँदै आचार्यले मानिसको आधारभूत आवश्यकता भित्र पर्ने सामान्य कुरामा पनि नेकपा एमालेको नेतृत्वले ध्यान नदिएको बताए । गठबन्धनको नेतृत्वले जितेमा सार्वजनिक स्थलहरुमा शौचालय बनाउन पहल गर्ने र जग्गा प्राप्ति भएमा सार्वजनिक शौचालय बनाउने उनले प्रतिवद्धता जनाए । गएको पाँच वर्षमा नेकपा एमालेले घोषणा पत्रका प्रतिवद्धता पुरा गर्न चुकेको उनले बताए । गठबन्धनले जितेमा सुरुकै… पुरा पढौ

पोखरा १८ मा राजुलाई बौद्ध तामाङ आमा समूहको साथ

पोखरा । पोखर १८ लामा गाउँको बौद्ध तामाङ आमा समूहले माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिना सहित उनको प्यानलाई स्वागत गरेको छ । माओवादी केन्द्र पोखरा १८ को आयोजनामा भएको घरदैलो गर्ने क्रममा तिमिल्सिनालाई खादा माला लगाएर स्वागत गरेका हुन । बौद्ध तामाङ समूहको अध्यक्ष अमृता तामाङ स्वागत गदै नयाँ गाउँमा नगरबस संचालन, खानेपानीको समस्या र भुमी बिहिनको अव्यवस्थीत बसोबास रहेको र यस्ता समस्याको समाधानको लागि अनुरोध गरेकी थिइन् ।नयाँ गाउँको विकासको लागि विगतको सरकारको सहयोग नगरेको र पुराना नेतालाई… पुरा पढौ

पोखराको विकासका लागि एमालेको जित आवश्यक : थापा

पोखरा, २४ वैशाख ।नेकपा एमालेका पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्माले देशव्यापी रुपमा देखिएको जनलहरले एमालेको जित सुनिश्चित भइसकेको बताएका छन् । आज पार्टीको निर्वाचन परिचालन कमिटी पोखरा १९ ले पोखराको लामाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशव्यापी एमालेको जित सुनिश्चित भइसकेको र एमालेविरुद्ध बनेको गठबन्धन दिनप्रतिदिन कमजोर बन्दै गइरहेको बताएका हुन् । आम मतदाताले आफ्नो विवेक प्रयोग गर्ने र गठबन्धनलाई यसपटक धुलो चटाइदिने दावी उनले गरे । ‘कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउन लागि परेकाको दिनगन्ती सुरू भएको छ ।’ नेता सुनारले… पुरा पढौ

नागरिकको समस्या वडाबाटै समाधान गर्ने वातावरण बनाउँछौं : आचार्य

पोखरा, २४ बैशाखसत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराजआचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहजबनाउनको लागिअधिकांश सेवा वडाबाटै हुने व्यवस्थामिलाउने बताए ।स्थानीयनिर्वाचननजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँगवडा विकासमालागि पर्ने बताए । ‘साना–सानासमस्याको लागिमहानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्थामिलाउनेछौं्,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्नबनाउनेछौं ।’उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए। पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स… पुरा पढौ