देश

महानगरको काममा भनसुन गर्नुपर्ने बाध्यता हटाउने गठबन्धनका उमेदवारको घोषणा

पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् । पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष… पुरा पढौ

पोखरा-१८ मा माओवादीमा पार्टी प्रवेशको लहर, २ सय पार्टी प्रवेश

पोखरा महानगरपालिका वडा नम्बर १८ का २ सय भन्दा बढि माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानिय माओवादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले भुमिहीनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनताको समस्यासंग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको उनले बताए । सिंहदरबार गाउँगाउँमा ल्याएको र माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी निति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक… पुरा पढौ

पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने गठबन्धनको प्रतिबद्धता

पोखरा, २३ वैशाखपोखरालाई धेरैले पर्यटकीय सहर भन्छन् । पर्यटनको राजधानी पनि बेला बेलामा भनिन्छ तर यसको औपचारिक घोषणा र आधिकारिता अहिलेसम्म छैन । पोखरालाई स्वदेश तथा विदेशका पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने सत्ता गठबन्धनका उम्मद्वारहरले प्रतिवद्धता गरेका छन् ।सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने घोषणा गरेका छन् । पोखरा १९ मा शुक्रबार मतदातामाझ उनले यस्तो प्रतिवद्धता गरेका हुन् ।उनले भने, ‘महागरबाट… पुरा पढौ

पोखरामा गठबन्धनको प्रतिबद्धता : सुशासन पहिलो प्राथमिकता

पोखरा, २३ बैशाख सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको पहिलो बुँदामा भनिएको छ,‘सुशासन हाम्रो पहिलो प्राथमिकता हो । यहाँको जनतालाई हामी सुशासनको प्रत्याभूति दिलाउँछौं ।’ पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । अझ केहिले त पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा बनेको भनेर टिप्पणी गर्ने गर्छन् । महानगरमा वार्षिक १४… पुरा पढौ

लेकसाइडबाट एमालेको विजयी शुरुवात हुन्छ : कृष्ण थापा

वैशाख २२,पोखरा नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मयर पदमा उम्मेदवारी दिनुभएका कृष्ण थापाले एमालेले यसपटक पर्यटकिय क्षेत्र लेकसाइडबाट जितको शुरुवात गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा नम्बर ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जित हाँसिल गर्ने दावी गर्नुभयो । पर्यटकिय दृष्टीकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उहाँले एमालेका उम्मेवारहरुलाई मतदान गर्न मतदाताहरुमा आग्रह गर्नुभयो । भेलामा बोल्दै… पुरा पढौ

गठबन्धनको घोषणा : फोहोर बैक स्थापना, प्रति महिना ५ हजार लिटर खानेपानी निशुल्क

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनका सम्बन्धमा आफुहरु ठोष योजनाका साथ आएको पाँच दलिय गठबन्धनका उमेदवारहरुले बताएका छन् । गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा फोहोरको वर्गीकरण गरि वेष्ट बैक मार्फत खरिद प्रणालीको सुरुवात गर्ने बताएका हुन् । उनिहरुका अनुसार शहरी स्वच्छता कार्यक्रम मार्फत फोहोरलाई मोहोरमा बदल्ने ध्येयका साथ घरघरमा उपभोक्ताहरुलाई फोहोरको वर्गीकरणका बारे आवश्यक ज्ञान समेत दिईनेछ । आफुहरु निर्वाचित भएको ६ महिना भित्र वेष्ट बैक मार्फत वर्गीकरण गरिएको फोहोरको खरिद प्रणाली सुरुवात गर्ने उनिहरुले बताएका छन् । फोहोरमैला व्यवस्थापन कार्यविधि अक्षरस पालना… पुरा पढौ

काहुँमा पर्यटकीय पूर्वाधारका लागि योजना बनाउने माओवादीको वाचा

पोखरा महानगरपालिका–११ स्थित काहुँडाडामा आवश्यक पर्यटकीय पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् । काहुँवासीले पर्यटनका लागि प्रसिद्ध रहेपनि आवश्यक पूर्वाधार अभाव रहेकामा मत माग्न आउने उम्मेदवार दलका नेताहरुप्रति ध्यानाकर्षण गराए ।माओवादी केन्द्रबाट आसन्न स्थानीय तह निर्वाचनमा बिहीबार वडाध्यक्षका प्रत्याशी चिन्तामणि खरेल लगायतको टोली समक्ष स्थानीयले पर्यटकीय पूर्वाधार, खानेपानी र सडक निर्माण गर्न माग गरेका हुन् । सो अवसरमा उम्मेदवार खरेलले पर्यटन विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।काहुँडाडाँमा भएको घरदैलो र कोणसभामा उम्मेदवार चिन्तामणिले आफू निर्वाचित भएपछि काहुँलाई… पुरा पढौ

सराङ्कोटबासी भन्छन् : हाम्रो भोट सामन्तीबाट जग्गा दिलाई दिने माओवादीलाई

पोखरा, बैशाख २२ पोखरा–१८ की सीता परियार सामन्तीबाट पीडित महिला हुन् । श्रीमान विदेश जाँदा २०५७ सालमा उनले घरबारी बन्दकी राखिन् । विदेश गएपछि श्रीमानले कमाएको पैसा पठाए । विदेशबाट पैसा आएपछि उनले साहुको ऋण किस्ता किस्ता गर्दै तिरिन् । पैसा त तिरिन् तर साहुले घरबारी फिर्ता गरेनन् । त्यसपछि उनले हारगुहार गरिन् तर कसैले उनको हारगुहार सुनेन । नत साहुले नै हारगुहार सुनेर जग्गा फिर्ता दिए । त्यसपछि सीता तत्कालीन समयमा जनयुद्ध गरिरहेको माओवादीको सम्पर्कमा पुगिन् । साहुले हडपेको… पुरा पढौ

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौ उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताएका हुन् । उनले लोकतन्त्रमा आमजनता सूचनाबाट सूसुचित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई… पुरा पढौ

नेकपा एसका २४ जनाको उम्मेदवारद्वारी फिर्ता

पोखरा ।नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीका २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एसका २४ जना उम्मेदवारले कास्कीको पोखरा महानगरपालिका र मादी गाउँपालिकाका विभिन्न वडामा रहेको उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिइएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सघाउने नेकपा एसका कास्की जिल्ला प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।विज्ञप्ति सहित ……. पुरा पढौ