देश

उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार बासुलाई

राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल(जीवन) र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरे ।पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै थलिएको पर्यटनलाई अघि… पुरा पढौ

नेकपा माओवादी केन्द्र गण्डकीको अधिवेशनको तयारी अन्तिम चरणमा

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि प्रदेशको राजधानी पोखरामा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेकपा माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन एकैसाथ गर्दैछ । अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकैसाथ सात प्रदेशसहित भुगोलका तीन गरि कुल १० वटा प्रदेशको भर्चुअल रुपमा उद्घाटन गर्ने जनाइएको छ । गण्डकी… पुरा पढौ

सराङ्कोट सहकारीद्वारा कन्या माविका विद्यद्यार्थीलाई पोषाक वितरण

सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा। वि का बिधार्थीलाइ पोशाक बितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । संस्थाले बार्षिक उत्सवको अबसर पारी विधार्थीहरुलाई शैक्षिक पोशाक वितरण सहित २५ गते शनिबार , रत्तदान , स्टार डाग्नोष्टिक सेन्टर को सहकार्यमा होलबोडी चेकअप रगत परिक्षण गरिने भएको छ । सप्ताब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल… पुरा पढौ

असल छिमेकीद्वारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण

असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी र हाइजिन किट वितरण गरेको छ । असल छिमेकी नेपालले कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा प्रदान गरिने स्टेशनरी सामाग्री तथा हाइजिन किट लगायतका सामाग्रीहरुको वितरण भलाम आधारभुत विद्यालयबाट शुरु गरिएको हो । सो अपसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम बहादुर गुरुङले असल छिमेकी नेपालले कोभिडलाई मध्येनजर गरी कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत २० नम्बर वडा भित्र… पुरा पढौ

महामन्त्रीमा उम्मेदवारी दिने नेता थापाको घोषणा

काठमाण्डौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका हुन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए । रासस पुरा पढौ

पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ ।” पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली कांग्रेसका सयौँ महाधिवेशन प्रतिनिधिसँग उहाँले सकेसम्म… पुरा पढौ

राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

काठमाण्डौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको याेदानको कदर गर्दै उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्‍याउन दिएकाे अतुलनीय योगदानको उच्च कदर गर्दै बुधवार सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक टिकटमा टाँचा प्रदान गरे । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यअनुसार हुलाक सेवा विभागबाट… पुरा पढौ

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो

काठमाण्डौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको सुरुआती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको… पुरा पढौ

सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाण्डौं । सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी… पुरा पढौ

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

काठमाण्डौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ । गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर… पुरा पढौ