देश

गणेशमान, हुमबहादुरसहित जसपाका नेताहरु एमाले फर्किए

पोखरा, फागुन १३ जनता समाजवादी पार्टी (जसपा)का कास्केली नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । पुराना एमाले नेता गुरुङ अशोक राईसँगै जनजाति आन्दोलनमा होमिएका थिए । पछि मधेशी जनअधिकार फोरमहुँदै जसपाका नेता बनेका गुरुङ करीब एक दशकपछि आफ्नो पुरानो पार्टी एमाले फर्किएका हुन् । गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति… पुरा पढौ

एमसीसीमाथि छलफलका लागि संसद् बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार ) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ। संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको संभावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ। ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने,’ कार्यसूचीमा उल्लेख छ। पुरा पढौ

‘ए’ डिभजिन लिग : सातदोबाटोद्वारा च्यासल १–० ले पराजित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । यस जितसँगै १३ खेलमा सातदोबोटले २१ अङ्क जोडदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम… पुरा पढौ

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक झापामा तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो । भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारे । सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल… पुरा पढौ

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट जारी

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ । भेटमा उहाँहरुबीच संसद्को अवरोध हटाउने र एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् । यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान… पुरा पढौ

विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

काठमाण्डौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने… पुरा पढौ

कार्यान्वयन् नहुने योजना तत्काल सरेण्डर गर्न मन्त्री बरालको निर्देशन

पोखरा १२,फागुनगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तत्काल कार्यान्वयनमा नजाने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहिबार लमजुङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै उनले आर्थिक बर्षको दोश्रो चौमासिक सकिन लागेकोले अबकार्यान्वयनहुने योजनाहरु समर्पण (सरेण्डर) गर्न निर्देशन दिएका हुन् ।संघीयता कार्यान्वयनको अभ्यासमा रहेकोले केही कठिनायी हुने उल्लेख गर्दै मन्त्री बरालले यस बर्ष कम्तिमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने गरी अघि बढ्न आग्रह गरे । समस्या देखायर… पुरा पढौ

गोपी, राजन, धरम र हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

फागुण १२,पोखरा गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् । निकै प्रतिस्प्रधात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाईमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छे ओपन राष्ट्रिय टेनिस प्रतियोगिमा गोपी विनोद कायस्थसंग सेमिफाइनलमा पराजित… पुरा पढौ

एमाले अध्यक्ष ओली भोलि पोखरा आउँदै

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए । उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए । स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे… पुरा पढौ

एनएमबी बैंकले दियो पोखरा बहुुमुुखी क्याम्पसको भवन बनाउन ३५ लाख

पोखरा, फागुुन १२ पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि एनएमबी बैंकले ३५ लाख रुपैयाँ प्रदान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यले क्याम्पसले हाल भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत क्याम्पसको भवन निर्माणार्थ सहयोग गरेको जनाएको छ । एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख दुुर्गाराम पूरीका अनुसार सामुदायिक शैक्षिक संस्था भएकोले पनि पोखरा बहुुमुुखी क्याम्पसलाई भवन बनाउन आर्थिक सहयोग गरिएको हो। नाफा नकमाउने शैक्षिक क्षेत्रका लागि बैंकले सीएसआर अन्तर्गत सहयोग गरेको उनले बताए। पूरीका… पुरा पढौ