देश

माओवादी केन्द्रको आजदेखि बस्ने भनिएको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ। यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो। महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो। आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ। पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको ओरालो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ । नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख… पुरा पढौ

निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री शर्मा

काठमाण्डौं । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ ।अर्थमनन्त्रालयमा आज आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् । निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनको भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका… पुरा पढौ

हराएका मोटरसाइकल फेला पारी बुझाइयो

काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनका आधारमा टोली परिचालन गरी मोटरसाइकलको खोजी गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा… पुरा पढौ

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक/अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउनसक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।” उनले जवाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम… पुरा पढौ

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसद्बाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ । यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि… पुरा पढौ

भौतिक उपस्थितिमै वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने, बोर्डद्वारा तालिका सार्वजनिक

काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ… पुरा पढौ

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ। आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रीत छलफल गर्ने र केही निर्णय गर्नेछ। पुरा पढौ

पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्दै

पशुपतिनाथ मन्दिर भोलि (शुक्रवार)देखि खुल्दैछ। कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि खुल्ला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको हो। कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौको माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो। कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो। हिँजो बुधबार… पुरा पढौ

यस्तो छ, यो वर्षको एसइई परीक्षा तालिका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसइई परीक्षा गर्ने निर्णय गरेको हो। कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष एसइईको आन्तरिक मूल्यांकनबाट गरिएको थियो। त्यसअघिका एसइई परीक्षा भने चैत महिनामा हुँदै आएको थियो। यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा संचालन गर्ने निर्णय गरेको जनाएको छ।… पुरा पढौ