देश

त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग ५ विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ। नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित बनेको हो। लिग–२ अन्तर्गत यसअघि घरेलु मैदानमा भएको २ खेलमा नेपाललाई ओमानले हराएको थियो। अल अमिरात मैदानमा ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर नेपालले दिएको १ सय ९७ रनको लक्ष्य भेट्टाएको थियो। ओमानका जतिन्दर सिंहले १ सय ७ रनको शतकीय पारी खेले। नेपालका करण केसी र कुशल मल्लले २÷२ तथा सुशन भारीले १ विकेट… पुरा पढौ

आजदेखि कक्षा १२ को परीक्षा सुरु (परीक्षा तालिका समेत)

आज (बुधबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ। कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आजदेखि संचालन गर्न लागेको हो। अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र संत्र,मण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा संचालन गर्न लागेको हो। परीक्षा ११ बजेबाट सुरु हुनेछ र असोज ८ गतेसम्म परीक्षा चल्नेछ। परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरेको बोर्डले जनाएको छ। यसअघि साउन ३१ गतेबाट परीक्षा संचालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको… पुरा पढौ

एकाविहानै ट्रक र बस आपसमा ठोक्किदा ३ को मृत्यू, २४ घाईते

नवलपुर (नवलपरासी पूर्व)मा एकाविहानै बस र ट्रक ठोक्किदा ३ जनाको ज्यान गएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १० स्मृति पुल नजिकै बस र ट्रक ठोक्किदा उनीहरुको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.०२–००१ ख्. ११२३ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना.६ख.७१२६ नम्बरको ट्रक आपसमा ठक्कर खाई बस सडकबाट अन्दाजी १० फिट तल खसेर दुर्घटनाग्रस्त हुँदा अन्य २४ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर, १६… पुरा पढौ

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई ५ विकेटले हरायो। अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए। त्यस्तै, रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए। बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले २/२ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन… पुरा पढौ

आज राष्ट्रिय वालदिवस

आज भदौ २९ गते अर्थात ५७ औं राष्ट्रिय बालदिवस। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि ०६३ यता हरेक वर्षको भदौ २९ गते बालबालिकासम्बन्धी रचनात्मक र सचेतनात्मक विविध कार्यक्रम सहित राष्ट्रिय बालदिवसका रुपमा मनाइँदै आएको छ। यस वर्षको बाल दिवसमा नेपाल सरकारले ‘सामान्य वा कोभिड महामारीः बालअधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी’ नारा तय गरेको छ। त्यस्तै, कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहबाट रचनात्मक तथा सचेतनात्मक कार्यक्रम गरेर राष्ट्रिय बालदिवस २०७८ मनाउन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक… पुरा पढौ

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ”, मौसमविद् अर्यालले भने । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले… पुरा पढौ

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१… पुरा पढौ

सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा… पुरा पढौ

खोप कार्डका आधारमा खेलकुदको प्रशिक्षण शुरु गरौं : मन्त्री गुरुङ

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले खोप कार्डका आधारमा खेलाडीलाई प्रशिक्षण शुरु गर्नुपर्ने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले खोप (भ्याक्सिन) लगाएकाहरुलाई मात्र प्रशिक्षण दिने ब्यबस्था गरेर खेलकुदका गतिविधि शुरु गर्न सकिने बताएका हुन् । अहिले सबै खेलाडीलाई प्रशिक्षण गराउँदा कोरोनाको जोखिम बढ्न सक्छ,‘उनले भने,‘तत्काललाई भ्याक्सिन लगाएका खेलाडीलाई प्रशिक्षण दिन सकिनेछ भन्ने जानकारी गराउन चाहन्छौं ।’ मन्त्री गुरुङले प्रशिक्षण थाल्न ढिलाई गर्न नहुने बताए । कित भ्याक्सिनको काम छैन भन्नु… पुरा पढौ