देश

नेपालमा ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि हुनेको संख्या ३ पुग्यो

काठमाण्डौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या ३ पुगेको छ । बुधबार एक ५८ वर्षिय वृद्धमा जिन सिक्वेन्सिङ गर्दा संक्रमण पुष्टि भएसंगै हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमण हुनेको संख्या ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार संक्रमित वृद्ध अहिले होम आइसोलेसनमा रहेको र उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ । यसअघि ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा… पुरा पढौ

थकाली युवाहरुको भेला पोखरामा शुरु

पोखरा, पुस ७ थकाली युवाहरुको राष्ट्रिय भेला पोखरामा शुरु भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा बुधबारदेखि पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला शुरु भएको हो । भेलाको लुम्बिनी प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गरे । भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले सामाजिक उत्तरदायित्व वहन गर्न थकाली युवाहरुलाई आग्रह गरे । जुनसुकै समुदायको पहिचानपनि राष्ट्रियताकै कारण हुने भन्दै उनले भने,‘राष्ट्रियता बिना कुनैपनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपालीपनि कहाँ… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारले साथ दिने

पोखरा । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सफल पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरु संगको छलफलमा मुख्यमन्त्री नेपाली उक्त कुरा बताएका हुन् । “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हव बनाउने कुरामा दृढ छ, यसै क्रममा पोखरा म्याराथन पनि रहेकोले यसलाई सफल बनाउने अभियानमा हाम्रो साथ संधै रहने छ,” उनले भने । खेलकुद विकासका लागि नै प्रदेश सरकारले खेलकुद मन्त्रालय… पुरा पढौ

आरोप र प्रत्यारोपले संघीयता बिरोधीलाई बल पुग्छः मन्त्री बराल

पोखरा ७, पुषगण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघीयता विरोधीलाई बल पुग्ने बताएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।संघीयता अभ्यासको क्रममा भएको हँुदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकारात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अवस्था रहेको मन्त्री बरालको भनाई… पुरा पढौ

छोरीको सम्झनामा बुबा आमाद्वारा अक्षयकोष स्थापना

पोखरा, ७ पुस गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धितालकी अविश्री पौडेलको सम्झनामा अक्षय कोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अविश्री अक्षयकोष स्थापना गरेका हुन् । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले संचालन गर्नेगरि उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिए । कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षय… पुरा पढौ

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

काभ्रेपलाञ्चोक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा यस्तो बताएका हुन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग… पुरा पढौ

प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न साँझ ७ बजेदेखि मतदान हुदै

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ… पुरा पढौ

गाउँपालिकाद्धारा किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

धादिङ । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर ९मिनी पावर टिलर ०वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले यहाँका १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको जनाएको छ । गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९… पुरा पढौ

राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने माओवादीको तयारी

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले अव हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन मार्फत नयाँ क्रान्तिकारी विचार र पाटी निर्माण गर्ने तयारी गरेको छ । सोही सम्मेलनको लागी सम्पूर्ण तयारी पूरा भएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक,वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिएका हुन् । चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ… पुरा पढौ

पुर्वी नवलपरासीमा चार हजारले भरे मतदाता नामावली

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९ सय ३ ले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम… पुरा पढौ