देश

तालचोक–बेगनास सडक निर्माणका लागि २४ करोड २५ लाख विनियोजन

नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने उक्त सडक निर्माणको लागि आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरिएको बताईन् । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडक निर्माण गर्न १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । उक्त सडक निर्माण… पुरा पढौ

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको घुँडाको सफल शल्यक्रिया गरिएको छ। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगितामा जोर्डनविरुद्ध खेल्दा उनी घाइते भएका थिए। विकासको दायाँ खुट्टामा एसीएल चोट लागेको थियो। जोर्डनविरुद्ध चोट बोकेपछि विकासले ३०औं मिनेटमै मैदान छाडेका थिए। उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको हो। पुरा पढौ

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

काठमाण्डौं । वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र… पुरा पढौ

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अग्रपंक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले आपूर्ति नै ठप्प पार्ने भएको हो । तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको… पुरा पढौ

खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

पोखरा । कोरोना महामारीका पहिलो र दोस्रो चरणको महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् आवद्ध संघसंस्थाले माग गरेका छन् । पर्यटन संघ संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले एक विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाइ समेत प्रत्यक्ष लाभ पुर्याउने यस क्षेत्रलाई चलायमान गराउने एक मात्र उपाय भनेको खोप नै भएको उल्लेख गर्दै यस विषयमा स्थानीय, प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा ‘‘नो भ्याक्सीन, नो मोर… पुरा पढौ

महानगरले आगामी वर्ष करको दर बृद्धि नगर्ने

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षमा करको दरमा ब्ृद्धि नगर्ने भएको छ । महानगरको पाचौं नगर सभामा महानगर प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा करको दर बृद्धि नगर्ने जनाएका हुन् । जिसीले कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव नगरिएको बताए । तर सबै प्रकारका कर दस्तुर तथा शुल्कहरुलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटिहरु सच्याउने प्रयास भने गरिने उनले बताए । महानगरले सम्पत्तिको मूल्यांकनको आधारमा सम्पत्ति करलाई… पुरा पढौ

पोखरा महानगरले पोखरा सभागृहको जिणोद्धार गर्ने

पोखरा महानगरपालिकाले पोखरा सभागृहको जीर्णोद्धार गर्ने भएको छ । पोखराको मध्य भागमा रहेको पोखरा सभागृह पोखराको शानको रुपमा रहेपनि पछिल्लो समयमा जिर्ण हुन थालेपछि महानगरले यसको जिर्णोद्धार गर्ने भएको हो । जिर्ण अवस्थामा रहेको पोखरा सभागृहको दक्षिण पट्टीको भाग महानगरको पाचौं नगरसभामा महानगर प्रमुख –मेयर) मानबहादुर जिसीले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरेर पोखरा सभागृहको जिर्णोद्धार गर्ने बताए । यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम थालनी गरिने उनको भनाई छ । पुरा पढौ

सावित्रा (साम्बा)को उपचार कतारमा हुने

राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। कतार फुटबल एसोसिएसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने भएको हो। एन्फाले सावित्राको उपचारमा सहयोग गर्नका लागि कतारलाई पत्र पठाएको थियो। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकेकी थिइन्। राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्राले चोट बोकेकी थिइन्। सावित्राको दाँया… पुरा पढौ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्पेनमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो। सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ। क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो। तर, पृथु बास्कोटा प्रशिक्षणमा… पुरा पढौ

फुटबलका ५० खेलाडीहरु बन्द प्रशिक्षणमा

नेपाली राष्ट्रिय फुटबल टोलीका ५० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने प्रशिक्षणका लागि अब्दुल्लाहले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन्। एन्फा कम्प्लेक्समा १ जुलाईदेखि प्रशिक्षण सुरु हुनेछ। खेलाडीहरूलाई २ समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गरिने एन्फाले बताएको छ। बन्द प्रशिक्षणमा परेका खेलाडीहरू अर्पण कार्की, विकेश कुथु, विशाल… पुरा पढौ