जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। वाइल्ड कार्ड प्राप्त गर्दै सोनियाले ओलम्पिकमा खेल्ने पक्का भएको हो। सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन्। यसअघि, सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ। सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी काँस्यधारी खेलाडी हुन्। सोनियाले महिला ४८ केजीमुनि काँस्य जितेकी थिइन्। उनी विश्व जुडो च्याम्पियनसीपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। सन् २०१९ मा…
पुरा पढौ