देश

कांग्रेस कास्कीको उपसभापतिमा कुँवर र भण्डारी, सचिवमा ढकाल र भाट

पोखरा, मंसिर १३ नेपाली कांग्रेस कास्कीको उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी चयन भएका छन् । कांग्रेस कास्कीको आईतबार राती सम्पन्न अधिवेशनले कुँवर र भण्डारीलाई उपसभापतिमा निर्वाचित गरेको हो । कांग्रेस कास्कीका सचिवमा भानुभक्त ढकाल र देवेन्द्र भाट निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस कास्कीको सदस्यहरुमा महिला कोटाबाट बिजयालक्ष्मी कोइराला, सीता शर्मा र विष्णु कार्की निर्विरोध भइसकेका छन् । त्यस्तै, चार खुल्ला सदस्यहरुमा डा.दीपक सुवेदी, माइकल कर्माचार्य,… पुरा पढौ

एमालेका ३०१ केन्द्रीय सदस्यहरु (हेर्नुहोस्, पूरा नामावली)

नेकपा (एमाले) को १० औं अधिवेशनबाट ३०१ जना केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन भएका छन्। कूल ३०१ मा पुरुष २०० र महिला १०१ जनाको केन्द्रीय कमिटिमा सुनिश्चित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि आइतबार मध्यरातमा नामावली पेस गरेका थिए। ओलीको प्रस्तावलाई हलले कुनै संशोधन बिना नै स्वीकार गरेको थियो। खुलातर्फ युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र… पुरा पढौ

नेपालको विश्व कप टी–२० खेल्ने सपना अधुरै

नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना फेरि पनि एक पटक अधुरै बनेको छ। आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित बनेपछि नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको हो। प्रतियोगिताका ५ खेलमध्ये नेपालले ३ खेलमा जित निकाल्दै बाहिरियो। ६ टिम सहभागी प्रतियोगितामा यूएईले शत प्रतिशत जित निकाल्दै ५ खेलबाट १० अंक जोडेर ग्लोबल क्वालिफायरमा स्थान बनायो। ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार खेप्यो। यूएईले दिएको १ सय २८… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु. ९२ हजार १००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला .रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु .९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु. ९१ हजार ४०० मा यसको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका… पुरा पढौ

अल्पविरामको लघुकथा सङ्ग्रह अनुभूतिका रङ्गहरू सार्वजनिक

साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । आख्यानको एक चाटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनको भनाइ थियो ।साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने… पुरा पढौ

टी–२० विश्व कप एसिया छनोट: नेपालले यूएइसँग खेल्दै

आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल दुबईमा बिहान ११ः१५ बजे सुरु हुनेछ। ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ। ४ खेल खेल्दा यूएईको ८ अंकसहित २ दशमलव ३ सय ९८ को रनरेट छ। नेपालको ३ खेलमा ६ अंकसहित २ दशमलव ०८८ को रनरेट छ। प्रतियोगितामा ६ टोली सहभागी छन्। अंक तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ। ४ मध्ये ३… पुरा पढौ

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता

काठमाण्डौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे । देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी… पुरा पढौ

एमाले महाधिवेशनको बन्दसत्रमा विदेशी पार्टीहरुको शुभकामना

चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरे । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए । पार्टीका महासचिव ईश्वर पोखरेलको सञ्चालनमा सुरु भएको बन्दसत्रमा उपस्थित भएर शुभकामना दिनेमा कम्युनिष्ट पार्टी… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान कार्यक्रम सम्पन्न, १८६ यूनिट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् । रक्तदान गर्ने १८६ जना मध्ये १५१ जना पुरुष र ३५ जना महिला रहेको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा २५ प्रतिशत पहिलो रक्तदाता थिए । शनिबार भएको… पुरा पढौ

कांग्रेस कास्की सभापतिका उमेद्वारले ५१ प्रतिशत ल्याएनन्, फाइनल भिडन्तमा किशोर र सुदीप

नेपाली काँग्रेस कास्कीको सभापतिका कुनैपनि उमेद्वारले बहुमत नल्याएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिका लागि खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने बाध्यकारी प्रावधान भएपनि कास्की कांग्रेसका सभापतिका कुनैपनि उमेद्वारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि पपुलर मत ल्याउने दुई जनाबीच प्रतिष्पर्धा हुन लागेको हो । नेपाली कांग्रेस कास्कीको सभापतिका लागि उमेद्वारी दिएका ५ जना मध्ये किशोरदत्त बराल र सुदीपमोहन भट्टराईले पपुलर मत ल्याएका छन् । बरालले ६४४ मत र भट्टराईले ४७२ मत ल्याउँदै पपुलर मत प्राप्त गरे ।… पुरा पढौ