देश

नेता खनाललाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा… पुरा पढौ

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । बिपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल… पुरा पढौ

नदीपुरमा खानेपानीको पाइप बिछ्याउन खनेको खाल्डोमा ट्रक फस्यो

पोखराको नदीपुरमा खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा परेर एक मालवाहक ट्रक फसेको छ । कुखुराको दाना लिएर आएको ट्रक खाल्डोमा पर्दा भासिएर फसेको हो । जाईकाले खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा अविरल वर्षाका कारण पानी जमेर माटो गलेको अवस्थामा ओभरलोडेड सो ट्रकले थिच्दा जमिन केहि भासिन जाँदा ट्रक फसेको नदीपुर प्रहरी विटका प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए । फसेको ट्रकमा रहेको दानाको बोरा अनलोड गरेर ट्रक निकाल्ने काम भइरहेको हवल्दार श्रेष्ठले बताए । पुरा पढौ

अझै तीन दिन भारी वर्षा हुने

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । “मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ”, बासीले रासससँग भने, “यो वायुको… पुरा पढौ

महिला भलिबलको प्रारम्भिक प्रशिक्षण सुरु

नेपाल भलिबल संघ (एनभीए)ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारको स्वीकृतसँगै संघले ३० खेलाडीलाई प्रारम्भिक छनोट राखेर प्रशिक्षण सुरु गरेको हो। संघले महिला टोलीको प्रशिक्षण राखेप कभर्डहल त्रिपुरेश्वरमा सुरु गरेको हो। भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। संघले सहभागी खेलाडी र आवश्यक अफिसियलको यसअघिनै पिसीआर गरेको थियो । मुख्य… पुरा पढौ

२ बर्षपछि फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लियो

फिफा वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा उक्लिएको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको हो। अघिल्लो महिनाको वरीयतामा १७१ औं स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ वरीयतामा नेपाल ३ स्थान सुधार गर्दै १६८ औं स्थानमा पुगेको हो। सन् २०१९ पछि नेपाली टिमको वरीयतामा सुधार आएको हो। सन् २०१८ मा १६१ औं स्थानमा रहेको नेपाल त्यसपछि १७० औं स्थानमा झरेको थियो। त्यसमा पनि पछिल्लो एक बर्षदेखि १७१ औं स्थानमा नै थियो। इराकसँगको मैत्रीपुर्ण… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोडको

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि करीब ३० अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५ अर्ब ६८ करोड १८ लाखले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ७२ करोड १२ लाखको बजेट ल्याएको थियो । सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ… पुरा पढौ

‘द्वन्द्वपीडितहरुको तथ्याङ्क अद्यावधिक गरि परिचयपत्र उपलब्ध गराइने’

गण्डकी प्रदेश सरकारले द्वन्द्व पीडितहरुलाई नया परिचय पत्र वितरण गर्ने भएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक आन्दोलन र जनयुद्धका द्वन्द्व पीडितहरुको तथ्यांक अद्यावधिक गरि परिचय पत्र वितरण गर्ने बताएका हुन् । मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धका द्वन्द्वपीडित व्यक्ति तथा परिवारका लागि राहत कार्यक्रम अन्तर्गत द्वन्द्वपीडितहरुको जिविकोपार्जनमा सुधार गर्ने सीपमूलक तालिमलाई निरन्तरता दिइने जानकारी दिए । त्यसका लागि बजेट बिनियोजन गर्ने उनले… पुरा पढौ

नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो । मंगलबार बसेको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सभामुख नेत्रनाथ अधिकारीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले पारित गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । नीति तथा कार्यक्रम पारित गर्नुअघी प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नहरुको जवाफ दिएका… पुरा पढौ

तीन दिन देशैभर भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

पोखरा । देशभर मनसुनी गतिविधि थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ । देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताइन् । आज, भोलि… पुरा पढौ