देश

‘ए’ डिभिजन लिग फुटबलः ब्रिगेड ब्वाइजले विभागीय एपीएफलाई हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो। आफ्नो पहिलो सुरुवाती खेलको जितसँगै ब्रिगेड ब्वाइजले महत्वपूर्ण ३ अंकको खाता खोलेको छ। बराबरीतर्फ गएको खेलमा इञ्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी बन्यो। ब्रिगेड ब्वाइजका लागि दिनेश राईले २ गोल गरे। एपीएफका आशिष लामा र विकी तामाङले १÷१ गोल गरे पनि जितका लागि पर्याप्त भएन। खेलमा… पुरा पढौ

विश्वकप छनोट: नेपालले आज हङकङको सामना गर्दै

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार) हङकङको सामना गर्दैछ। दुबईको आइसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङको सामना गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन। हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ। पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बंैककमा भएको खेलमा नेपालले हङकङलाई ४… पुरा पढौ

नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणलाई

सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले जितेका छन्। नेपालगञ्जको सुर्खेत रोडमा शनिबार बिहान भएको म्याराथनमा उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन्। योसँगै उनले १ लाख रूपैयाँ पुरस्कार जितेका छन्। किरण सागको गत संस्करणका समेत स्वर्ण पदकधारी हुन्। यस्तै, नेपाली सेनाका नरेन्द्र रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरेर दोस्रो स्थान हाँसिल गरे। उनले ५० हजार नगद पुरस्कार पाए। यसैगरी, नेपालगञ्ज हाफ म्याराथनको उपाधि सन्तोषी… पुरा पढौ

‘ए’ डिभिजन लिग फुटबल : संकटा र हिमालयनले अंक बाँड्यो

सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ। त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो। बराबरी खेलेसँगै दुबै टोलीले सुरुआती खेलबाट समान १÷१ अंक जोडेका छन्। खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसकेपछि संकटाले अंक बाड्नु परेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यस्तै, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए। त्यस्तै खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल… पुरा पढौ

‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारको विजयी सुरुआत

थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टारले सानदार विजयी सुरुवात गरेको हो। थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले १/१ गोल गरे। थ्री स्टारले पहिलो हाफमै २ गोल गर्न सफल बन्यो। थ्री स्टारका लागि फ्रीकिकमार्फत निशानले खेलको २२, हेडमार्फत बिडीयासले ४४ र अनन्तले ५८ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए। जितसँगै थ्री स्टारले पहिलो… पुरा पढौ

कास्कीमा आजदेखि राहदानीको काम हुँदैन

जिल्ला प्रशासन कार्यालय कास्कीले आज (आइतबार)देखि राहदानीको फारम नलिने भएको छ। राहदानी विभागले अब राहदानी विद्युतीयतर्फ लैजाने भएपछि केही समयका लागि फारम वितरण बन्द गर्ने भएको हो। मंसीर १ गतेदेखि नै विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्नेगरी सुभारम्भ गरिएको छ। इदि, राहदानी बनाउँदै हुनुहुन्छ भने आइतबारदेखि फारम भर्ने र बुझाउने काम हुनेछैन। जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि अर्को सूचना नआएसम्म फारम संकलन गर्न, गराउन बन्द गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन… पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा आचार्य

नेकपा माओवादी केन्द्र पोखरा-६ को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। नेकपा माओवादी केन्द्र पोखरा-६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो।. समितिको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी सर्वसम्मत चयन भएका छन्। पुरा पढौ

नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल

नेकपा माओवादी केन्द्र पोखरा–१६ को अध्यक्षमा निर्मल आचार्य चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–१६ को शनिबार सम्पन्न वडा अधिवेशनले आचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा परियार, सचिवमा जीवन बस्नेत, सहसचिवमा सबिना राना र कोषाध्यक्षमा भीमबहादुर गुरुङ चयन भएका छन् । पुरा पढौ

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गा.पा–३ कास्कीको अध्यक्षमा विष्णु

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ कास्कीको अध्यक्षमा विष्णुप्रसाद पौडेल (नारान) चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ को शनिबार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पुरा पढौ

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गा.पा–५ कास्कीको अध्यक्षमा दीपेन्द्र

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ कास्कीको अध्यक्षमा दीपेन्द्र गिरी चयन भएका छन् । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ को शनिबार सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा भीमबहादुर विक सर्वसम्मत चयन भएका हुन् । पुरा पढौ