देश

दक्षिण एसियामै पहिलोपटक ‘रारा चाउचाउ’ भित्राउने श्रेष्ठको निधन

दक्षिण एसियामै पहिलोपटक चाउचाउ भित्राउने फणिन्द्रमान श्रेष्ठको निधन भएको छ । गण्डकी नुडल्सबाट उत्पादित रारा चाउचाउ भित्राउने श्रेष्ठको आज विहान ६ः२० बजे निधन भएको हो । उनको काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिह श्रोतले जनाएको छ । उनको आजै अन्त्येष्टी गरिएको छ । स्वर्गिय श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य हुन् । उनी वि.स.१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडा ( हाल बेसिसहर नगरपालिका–४) जन्मेका थिए । उनी २०४७ देखि २०४९… पुरा पढौ

मध्यपहाडी लोकमार्गको काम ९५ प्रतिशत सकियो

कृष्ण दवाडी/रासस राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ । कालोपत्रपछि अहिले रोड मार्किङ… पुरा पढौ

अपडेट : मुगु बस दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो

पोखरा । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी… पुरा पढौ

सुकुम्बासी समस्याको स्थायी समाधान खोज्न आग्रह

काठमाण्डौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याको स्थायी समाधानका लागि न्यायोचित पहल गर्न सरकारसँग आग्रह गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएकोप्रति ध्यानाकर्षण जनाउँदै इन्सेकले उक्त आग्रह गरेको हो । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा राज्यका जिम्मेवार निकायको लापरबाही देखिने गरेको हुँदा त्यस्ता समस्याको स्थायी समाधानको न्यायोचित पहल… पुरा पढौ

मुगुमा बस दुर्घटना , २३ जनाको मृत्यु

सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्वरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जनाबढी घाइते भएका छन् । सुर्खेतबाट ३९ जना यात्रु लिएर सदरमुकाम गमगढी जाँदै गरेको यात्रु वाहक बस मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनाका घाइतेहरुको उद्दारको काम जारी रहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । यसअघि आज विहान मात्रै धनगढीबाट बाजुरा… पुरा पढौ

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

काठमाण्डौं । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । पुरा पढौ

झण्डै नौ लाखले काठमाण्डौं छाडे

काठमाण्डौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने,… पुरा पढौ

नवरात्रको सातौँ दिन, आज फूलपाती भित्राइँदै

आज आश्विन शुक्ल सप्तमी तिथि। आजको दिन दसैँको नवरात्रको सातौँ दिन अर्थात फूलपाती। देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक आज घरघरमा फूलपाती भित्राइन्छ। घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आजको दिन शुभ साइतको प्रतीकका रुपमा उँखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ। आजको दिन आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन भएकाले फूलपातीलाई ९ देवीको प्रतीकका रुपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधना साथै पूजाआजा गर्ने वैदिक विधि रहेको छ। फूलपातीका दिन… पुरा पढौ

नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

काठमाण्डौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए । उनले भने, “महाप्रबन्धक… पुरा पढौ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ