देश

निर्माणाधीन पोखरा विमानस्थलले आउने अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान थाल्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् ।निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भिœयाउनुपर्ने उनको भनाइ थियो ।पोखरामा विदेशीबाट… पुरा पढौ

पोखरा विमानस्थलको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न

वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नहुँदा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटानको काम रोकिएको छ । आगामी जुलाई १० तारिखदेखि विमानस्थल सञ्चालनमा आउने भएपनि विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान हुन नसकेको हो । स्थानियको स्वामित्वमा भएको डाँडा कटान कार्य भएपनि पुरक ईआईए नहुँदा सरकारी वन रहेको डाँडा कटान भने अगाडि बढ्न नसकेको पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले जनाएको छ । विमानस्थल निर्माण कार्यको प्रगति बुझ्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारका मन्त्रीहरुको टोलीलाई ब्रिफिङ… पुरा पढौ

तराई क्षेत्रमा आज जितिया पर्व मनाइँदै

आज आश्विन कृष्ण पक्षको अष्टमी तिथि अर्थात तराइवासी मधेसी महिलाहरुको महान जितिया पर्व। हरेक वर्षको आश्विन कृष्ण पक्ष अष्टमी तिथिका दिन तराई तथा मधेशमा जितिया पर्व धुमधामले मनाइन्छ। नेपालमा तराईबासी मधेशी महिलाहरूले आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त ‘जितिया’लाई उत्साहजनक चाडका रूपमा मनाउने गरेको धार्मिक विश्वास छ। तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ। मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ। यो पर्वमा आमाहरूले… पुरा पढौ

पोउवा संघद्वारा लेउवा संघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन

पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयसहित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको कामना गरेको छ ।छिमेकी उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई दिने उपक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले साझा एजेण्डा बनाउँदै दुबै उद्योग वाणिज्य संघ निजी क्षेत्रको अधिकारको लागि सशक्त रुपले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई मर्का पर्दा संघहरुले उनीहको संरक्षण गर्नुपर्ने धारणा पनि राखे ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका… पुरा पढौ

सगरमाथा र फेवातालको चार किल्ला नापेर चर्चा कमाएका खिमलाललाई नागरिक समाजको भव्य विदाई

सरकारद्धारा गठित फेवातालको चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिका सदस्य सचिव इन्जिीनियर खिमलाल गौतमलाई पोखराबाट भव्य विदाई गरिएको छ । जिल्ला नापी कार्यालय कास्कीको प्रमुख समेत रहेका गौतम कार्यालयबाट सरुवा भई जाने भएपछि पोखराका कार्यरत रहँदा उनले फेवातालको नक्सांकन तथा सीमाङ्कन लगायतका महत्वपूर्ण कामका लागि उनलाई नागरिक समाज कास्की,रत्न मन्दिर फेवाताल सरोकार समिति र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले भव्य सम्मानसहित विदाई गरेको हो । कार्यक्रममा गौतमलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर… पुरा पढौ

कांग्रेस महानगर सभापतिमा पराजित लामिछानेद्वारा दलको नेता र सचेतकबाट राजिनामा

पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा पराजित भएलगत्तै उनले महानगरको दलको नेता तथा सचेतकबाट राजिनामा दिएका हुन् । कांग्रेस महानगर सभापतिमा उनी केहि दिनअघि मात्र पराजित भएका थिए । सभापतिका ६ प्रतिपस्पर्धी मध्ये उनी तेश्रो भएका थिए । राजिनामा पत्रमा उनले सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो भूमिका निर्वाह गर्न अवसर… पुरा पढौ

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’ बन्ने

दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबारको भेटको उक्त प्रतिबद्धता जनाएका हुन् ।पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् । ‘भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाहरुले आय आर्जन गर्ने र प्रविधि सिक्ने… पुरा पढौ

नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, सोको नतिजा र समीक्षा सम्बन्धी कार्यक्रममा उनले नागरिकले प्राप्त गर्ने अधिकांश सेवा स्थानीय तहसँग जोडिने भएकाले सोही अनुसार काम गर्न निर्देशन दिएका हुन् ।कार्यक्रममा ११ वटै जिल्लाका जिल्ला समन्वय अधिकारी र ८५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि सहभागी छन् । मुख्यमन्त्री पोखरेलले संघ र प्रदेशमा भन्दा… पुरा पढौ

सेवाग्राहीको मन जित्दै मातृशिशु मितेरी अस्पताल

पोखराको बाटुलेचौरमा अवस्थित मातृशिशु मितेरी अस्पतालले गर्भवती महिला तथा सुत्केरीलाई दिने सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढेको छ ।उक्त अस्पतालमा सेवा लिने कुल सेवाग्राहीको संख्या प्रत्येक वर्ष बढ्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आर्थिक वर्ष ०७३ ÷७४ मा १६८ जनाले सेवा लिएकोमा ०७४÷७५ मा ४१२, ०७५÷७६ मा ५८८ ले सेवा लिएका छन् । त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा ५७४ जनाले सेवा लिएका थिए भने ०७७÷७८ मा सेवाग्राहीको संख्या बढेर ७०९ पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले बताईन् ।सोमबार एक… पुरा पढौ

विश्व पर्यटन दिवसः ‘पोखरा अब घुम्न खुला छ’

पोखरामा ४२ औं विश्व पर्यटन दिवस मनाइँदै छ। दिवसका अवसरमा पोखरामा आइतबार ११ देशका राजदूतहरु एकसाथ आएका छन्। विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन्। कतार, जर्मनी, श्रीलंका, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, बंगलादेश, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन्। गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश… पुरा पढौ