देश

गण्डकीमा अब १० मिनेटमै लाईसेन्स पाईने

के तपाईं स्मार्ट लाईसेन्स नपाएर हैरानीमा हुनुहुन्छ ? कि तपाईं सबै प्रक्रियामा उत्तिर्ण भएरपनि लाईसेन्स आउन ढिलाई हुने खबरले चिन्तित हुनुहुन्छ ? यदी त्यस्तो हो भने अब तपाईंले चिन्ता लिनुपर्दैन । किनकी यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले अब १० मिनेटमै लाईसेन्स दिने भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरेको हो । जसले तपाईंको सबै हैरानी र चिन्ता… पुरा पढौ

लामो संघर्ष पछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिल समेत गरे आफुले देशमा ठुलो कम्युनिष्ट शक्ति निर्माण गरि देशलाई सम्वृद्वी तर्फ लैजाने… पुरा पढौ

धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिला पत्रकार पूर्णिमाको सफल आरोहण

संसारकै सातौं अग्लो ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिला पत्रकारले सफल आरोहण गरेका छन्। धवलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमालमा पत्रकार पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्। काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्। पूर्णिमासहित २० जनाले आज ९शुक्रबार०बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका हुन्। गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको… पुरा पढौ

सन्दर्भः ज्येष्ठ नागरिक दिवस

आज अक्टोवर १ तारिक अर्थात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस। सन् १९९१ देखि हरेक वर्षको अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ। ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक आज (असोज १५ गते) परेको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको ज्येष्ठ नागरिक दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय… पुरा पढौ

परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : अध्यक्ष दाहाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताए । माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको चर्चा गर्दै उनले माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको भए पनि आफूहरुले नेपाली जनताका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरे । क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै… पुरा पढौ

विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई तथा मर्मतसम्भार शुरु

अल्पकालीन रोजगार अन्तर्गत विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई शुरु गरिएको छ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको समन्वय, नेपाल पर्यटन वोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको प्रयोग गरी सरसफाई शुरु गरिएको हो । अल्पकालीन रोजगार अन्तर्गत २१ जनाको प्रयोग गरी विरेठाँटी–दाङसिङ–मोहरिया– टाढापानीहुँदै घान्द्रुकसम्मको पदमार्गको सरसफाई थालिएको छ । त्यस्तै आजै काँडे–अष्ट्रेलियनक्याम्प–पोथना, धम्पुस, अस्तामहुँदै मेलबोटसम्मको हाइकिङ क्षेत्र सरसफाई तथा मर्मतसम्भार कार्य शुरु गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष सुशील पौडेलले जानकारी दिए… पुरा पढौ

पोखरामा भीरबाट लडेर एकको मृत्यू

पोखरामा भीरबाट लडेर एकजनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका ४८ वर्षिय ओङ्छु शेर्पाको भीरबाट लडेर मृत्यू भएको हो । मृतक हेमजास्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारका रुपमा कार्यरत रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको स्थायी घर भने सोलुखुम्बु जिल्लाको लिखुपिके रहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ । शेर्पा आज विहान करीब साढे ८ बजे गुम्बा नजिकैको भीरबाट ३ सय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले बताएको छ । पुरा पढौ

पोखरा नयाबजारस्थित कृषि बजार (तरकारी मण्डी) प्रदेश मातहत ल्याउनुपर्छ : मन्त्री बराल

प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा नयाबजारमा रहेको कृषि उपज बजार (तरकारी तथा फलफूल बजार) प्रदेश मातहत ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ, कास्कीको विहीबार आयोजित १८ औं साधारण सभा एवम् नवौं अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मन्त्री बरालले संघ मातहत रहेको कृषि उपज बजार प्रदेश मातहत ल्याउनुपर्ने बताएका हुन् । ‘यो बजार प्रदेश मातहत ल्याउनै पर्छ, त्यसो भयो भने मात्र बजार ब्यबस्थित हुन्छ’–उनले भने ।संघ मातहत रहेका कारण बजार व्यवस्थित नबन्नुका साथै त्यहाँ गुण्डागर्दी र… पुरा पढौ

चौथो अभियान पुरुष भलिबल प्रतियोगिता कात्तिक दोश्रो साता, टिम दर्ता खुला

अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको दोश्रो साता हुने भएको छ । कात्तिक ११, १२ र १३ गते खेलाइने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको हो ।संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागि गराइने प्रतियोगिता संयोजक तथा क्लवका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार १२ टिमको दर्ता भएपछि दर्ता प्रक्रिया रोकिनेछ । रकम संकलन भन्दा पनि युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई नियमित गरिएको… पुरा पढौ

भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात… पुरा पढौ