देश

प्रकाश शाही बने विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्किारीको केन्द्रीय अध्यक्षमा प्रकाश शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२ औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । सम्मेलनले अखिल क्रान्तिकारीको उपाध्यक्षमा नरेन्द्र विके र महासचिवमा मिलन राईलाई चयन गरेको छ । त्यस्तै, सचिवमा बिरेन्द्र शाह तथा कोषाध्यक्षमा रुपा बुढा मगरलाई चयन गरेको निवर्तमान अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको सम्मेलनले २२ महिलालाई सदस्यमा चयन गरेको छ । महिला सदस्यमा कलसा शाही (सहिद… पुरा पढौ

कांग्रेस पोखरा महानगर सभापतिमा विजुक्षे विजयी

नेपाली कांकांग्रे पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्षे विजयी भएका छन्। सभापतिका पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दैन विजुक्षे विजयी भएका हुन्।. विजयी विजुक्षेले ४२० नजिक मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३५० नजिक मत प्राप्त गरेको निर्वाचन समिति निकट स्रोतले बताएको छ। निर्वाचन समितिले अौपचारिक घोषणा भने गर्न बाँकी छ। पुरा पढौ

एकता सहकारीको साधारण सभामा पत्रकार सिग्देल र लोकगायक तारापती सुवेदी सम्मानित

एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं साधारण सभामा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल सम्मानित भएका छन् । सहकारीको साधारण सभाको अवसरमा एकता सहकारी पत्रकारिता पुरस्कारबाट सिग्देल सम्मानित भएका हुन् । उनलाई नगद १० हजारसहित सम्मापन पत्र र दोषल्ला ओढाएर सम्मान गरिउको थियो । सिग्देललाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, सहकारीका अध्यक्ष बालासिंह काउछा, उपाध्यक्ष नवराज सुवेदीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लोकगायक… पुरा पढौ

सराङ्कोट सहकारीको अध्यक्षमा थापा

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्णबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा रहेका छन् । सञ्चालक सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल र तारा थापा, लेखा समिति संयोजक शिवबहादुर बानिया, शिव बहादुर थापा, मनहरी भण्डारी रहेका छन् । वि.सं. २०६३ मा स्थापित सहकारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋण मार्फत… पुरा पढौ

नेपाली काँग्रेसः देशभरका पालिकामा आज निर्वाचन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) पालिकास्तरीय कार्यसमिति चयन हुँदैछ। कास्कीका केही पालिकाहरुमा सर्वसम्मत पदाधिकारी तथा सदस्यहरुसहितको नेतृत्व चयन भएको छ भने कतै प्रयास जारी छ। पोखरा महानगर र माछापुच्छ्रेको पदाधिकारीमा मात्रै निर्वाचन हुदैछ । ति पालिकाहरुमा सदस्यहरु सर्वसम्मत भइसकेका छन्। पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेका छन्। पोखरा महानगरभित्र सभापतिका लागि ६ जना आकांक्षी छन्। पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान… पुरा पढौ

टानको समन्वयमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन भएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्तर्गत ३० जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरिएको जनाइएको छ । दुई सय जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागि परिचालन गर्ने योजना अनुरुप पहिलो चरणमा आज ३० जना खटाइएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले जनाएको छ । शुक्रबार खटाइएको ३० जनाको जनशक्तिले नौडाँडादेखि कास्कीकोट, सराङकोट,… पुरा पढौ

पूर्व राजाको श्रीपेच चोर्न खोजेको आरोपमा युवक पक्राउ

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दरबार संग्राहलय अवलकोनका लागि गएका रुकुम घर भई काठमाडौं बस्दै आएका ती युवकले श्रीपेच चोर्ने प्रयास गरेको प्हरीको आरोप छ । आरोपित युवकले संग्रहालयमै रहेको खुकुरी निकालेर श्रीपेच राखेको सिसा फुटाउन खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ । पक्राउ परेका युवक मानसिक रोगी हुनसक्ने प्रहरीको भनाई छ । आफूपनि पूर्व राजालेजस्तै श्रीपेच लगाउनका लागि ती युवकले श्रीपेच चोर्न खोजेको हुनसक्ने नारायणहिटी… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो । विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित… पुरा पढौ

बाढी पसेर घर भत्कियो, ५ बिस्थापित

अविरल वर्षापछि आएको बाढीले घर भत्किदा ५ बिस्थापित भएका छन् । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ स्थित टारीखेत खोल्सामा आएको बाढीले स्थानिय ४५ वर्षिय टमबहादुर महतको ढुंगा माटोले घर भत्काएको हो । बाढीले घर भत्काउँदा महतको ५ जनाको परिवार बिस्थापित भएका छन् । घर भत्किदा १५ लाख बराबरको क्षेति भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिस्थापितलाई प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा सारेको जनाइएको छ । पुरा पढौ

पोखरामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण

नेपाल पत्रकार महासंघ र कास्की शाखाको सयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम पोखरामा भएको छ ।महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकारहरुको अभिमुखीकरणका लागि कार्यक्रम भएको हो । करिव ६० जना पत्रकारको उपस्थितीमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुती दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए ।… पुरा पढौ