देश

नालीमा लडेर पोखराको न्यूरोडका श्रेष्ठको मृत्यू

पोखरामा नालीमा लडेर एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ र १८ को सिमाना मार्गका नालीमा लडेर पोखरा–९ न्यूरोडका ६७ वर्षिय ईश्वर श्रेष्ठको आइतबार मृत्यू भएको हो । लडेर बेहोस भएका श्रेष्ठलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयको बुलेटिनमा उल्लेख छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

अनलाईन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिरुको फोटो उत्कृष्ट

गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा घोषणा गरेको छ ।गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो ।यस फोटो प्रतियोगितामा देश भरबाट १४५ फोटो प्रतिस्प्रर्धामा रहेका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी… पुरा पढौ

मणिपाल बिक्रीको विरोधमा प्रदर्शन

अखिल ९क्रान्तिकारी० र अखिल नेपाल विद्यार्थी युनियनद्वारा भारतिय लगानिमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्री बिरुद्द आज भदौ,२१ सोमबार मणिपाल प्रागणमा पुगी बिरोध जनाएको छ ।२०४९ साल फाल्गुन १८ गते तत्कालिन श्री ५ को सरकारका तर्फबाट श्री ५ को सरकार शिक्षा, स्वास्थ्य तथा कल्याण मन्त्रालय र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप संग भएको सम्झौता विपरीत खरीद बिक्री भएको र यो अबैधानिक रहेको भन्दै बिप्लव निकट अखिल ९ क्रान्तिकारी ० ले बिरोध प्रदर्शन गरेको हो ।नेपाल सरकारको सम्लग्नता… पुरा पढौ

रगत अभाव पूर्ति गर्न वाईसिएल कास्कीले बुधबार रक्तदान कार्यक्रम गर्दै

पोखरामा रगत भएपछि योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले पर्सी पोखरामा रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न वाईसिएल कास्कीले पर्सी बुधबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम राखेको हो । जनयुद्धका सहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को २२ औं स्मृति दिवसको अवसरमा बुधबार विहान ७ः३० बजेदेखि पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । रक्तदान कार्यक्रममा वाईसिएलको बाक्लो सहभागिता रहने उनले बताए । खुल्ला रक्तदान भएकाले जोकोहि पनि आएर… पुरा पढौ

नेकपा एकीकृत समाजवादी पोखरा ४ को अध्यक्षमा बिजया कोइराला

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई वडा तहसम्म तीव्ररुपले अगाडि बढाएको छ । यही क्रममा कास्कीका सबै वडामा कमिटी निर्माण अभियानमा जुटेको एकीकृत समाजवादीले पोखरा– ४ मा एक भेला गरी वडा कमिटी घोषणा गरेको छ । विजया कोइरालाको नेतृत्वमा ३१ सदस्यीय नेकपा एकीकृत समाजवादी वडा नम्बर–४ कमिटी गठन गरिएको नवगठित वडा कमिटीका सचिव उमा पराजुलीले जानकारी दिइन् ।एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाथ बरालले वडा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नबौं महाधिवेशनको मार्गचित्र विपरित पार्टी सञ्चालन गरेकाले आफूहरु… पुरा पढौ

लागू औषधसहित पोखराको निर्मलपोखरीबाट एक पक्राउ

पोखराको निर्मलपोखरीबाट लागूऔषध कारोबारी एक जना पक्राउ परेका छन् । लागूऔषध बोकेर हिंडिरहेका उदयपुर जिल्लाको ताप्ले गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २१ को निर्मलपोखरी बस्ने २८ वर्षिय विमल राईलाई कास्की प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनको साथबाट डाइजापाम ७५ एम्पुल, फेनरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरि कुल २२५ एम्पुल लागू औषध बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास… पुरा पढौ

असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प छैन : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीको आइतबार पोखरा १४ मा रहेको शहिद स्मृती आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले पहिले गरेको एकता दीगो नभएपनि फेरिपनि असल कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । उनले भने,हिजोको एकता दीगो भएन, तर पहिलेको एकता दीगो भएन भनेर चुप लागेर बस्नु हुँदैन, यो देशको… पुरा पढौ

पोखराका नागरिक अभियन्ताद्वारा एमसिसीको विरोध

पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसिसीको विरोध जनाउँदै यसको खारेजीको माग गरेका छन् । उनीहरुले सहयोगको घुम्टो ओढेर आएको यो गलपासो हो भन्दै अफ्गानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको ठहर गरेका छन् ।आइतबार विज्ञप्ति जारी गर्दै एमसिसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका शीर्षनेताहरुसँग एमसिसी संसदबाट पारित गराउनुपर्ने कुरा उठाएको समाचारले आमदेशभक्त नेपाली जनतालाई त्रसित बनाएको बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘एमसिसी अमेरिकी नयाँ सैन्य रणनीतिको अभिन्न अंग हो भन्ने… पुरा पढौ

‘तीज र महिला सशक्तिकरण’ विषयक अन्तरक्रिया गरेर मनायो ओटेफले तीज

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले भर्चुअल माध्यमबाट तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको समयमा भिडभाड नगरी प्रविधिको प्रयोगबाट “तीज र महिला सशक्तिकरण विषयक” अन्तरक्रिया र सदस्यहरुको प्रतिभा प्रष्फुटन कार्यक्रम गरेर तीज पर्व मनाएको हो ।कार्यक्रका प्रमुख वक्ता नेपाल टेलिभिजनका संचालक समिति सदस्य नायव महाप्रबन्धक एवम् लैङ्गिक विश्लेषक आरती चटौटले ‘तीज र महिला सशक्तिकरण’ विषयमा प्रस्तुतीकरण राख्दै बदलिदो परिवेशमा तीजको महत्वलाई आत्मसात गर्दै धर्म संस्कार प्रथा र परम्राका रुपमा महिला माथि हुँदै आएका विभेद विरुद्ध सशक्त आवाजको खाँचो… पुरा पढौ

नेपाली कांग्रेस पोखरा–६ को सभापतिमा सन्तोष पौडेल निर्वाचित

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ बैदाम को सभापतिमा सन्तोष पौडेल विजयी भएका छन् । नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४८ मतका साथ पौडेल विजयी भएका हुन् ।मतदानका कूल ४०५ मत खसेको थियो, जसमध्य १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदबारहरु खबराज पहारीले १२७ र शिसिर पहारीले १२० मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित पौडेल २०५७ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका, उनले विभिन्न सामजिक संघसंस्थामा सेवा गरेका थिए ।… पुरा पढौ