देश

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाण्डौं । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको… पुरा पढौ

६८ प्रतिशतभन्दा धेरै नेपालीमा कोभिड १९ ‘एन्टिबडी’ तयार

नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार १ सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो। कोरोना संक्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो। सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै,… पुरा पढौ

नेप्से दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब

काठमाण्डौं । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ बिन्दुमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ बिन्दुले घटेर ५६२.८८ मा ओर्लेको छ । कूल २२७… पुरा पढौ

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका छन् । सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २०… पुरा पढौ

अफगानिस्तानबाट उद्धार भएका आठ जना काठमाडौँमा

काठमाण्डौं । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट उद्धार गरिएका आठ जना दोहाबाट आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ७७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि उक्त मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । अफगानिस्तानमा… पुरा पढौ

एमालेको सिफारिश कार्यान्वयन नहुने, १४ सांसदको पद जोगियो

काठमाण्डौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गरे प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । “राजनीतिक दलसम्बन्धि ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नुनपर्ने निर्णय सभामुखबाट भएको हो”, उनले भने यही भदौ १ गते नेकपा (एमाले)ले आफ्ना… पुरा पढौ

प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

गण्डकी प्रदेश लोकसेवा आयोगले तयार पारेको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गरिएको छ । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आइतबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको बार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आर्थिक बर्ष समाप्त भएको ४५ दिन भित्रमा आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने प्रावधान बमोजीम आयोगले आफनो प्रतिवेदन बुझाएको हो ।आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष्य जनशक्ति… पुरा पढौ

हाप्किडोको राष्ट्रिय बन्द प्रशिक्षण पोखरामा शुरु

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन्। वल्र्ड हाप्किडो च्याम्पियन शिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले मुठ्ठिभरका केही व्यत्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाल्ी खेलकुद पछि परेको बताएका हुन्। निश्चित घरानिया मान्छेहरुले खेलकुदलाई आफ्नो सोखको रुपमा लिएको इतिहास रहेको उल्लेख गर्दै मन्त्री बरालले अब खेलकुदलाई जीवन पद्धतीको रुपमा विकास गर्न जरुरी रहेको… पुरा पढौ

महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर, उपाध्यक्षमा तेजकुमारी

महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर थापा चयन भएका छन् । संस्थाको पोखरामा शनिबार भएको अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तेजकुमारी पौडेल चयन भएकी छन् । पौडेल तत्कालिन संविधान सभा सदस्य हुन् । समितिको सदस्यहरुमा बिरेन्द्रबहादुर थापा क्षेत्री, विमला खड्का, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, खेम गुरुङ चयन भएका छन् ।संस्थाको लेखा समितिको संयोजकमा गोबिन्दप्रसाद घिमिरे र सदस्यहरुमा कञ्चन कार्की र बिन्दुराज घिमिरे चयन भएका छन् । संस्थाकी निवर्तमान अध्यक्ष दुर्गा पहारीको अध्यक्षता तथा सहकारी संघ कास्कीकी… पुरा पढौ

क्रिकेट प्रमुख प्रशिक्षक ह्वाटमोरको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। ह्वाटमोरले ओमानमा हुने आइसीसी विश्वकप लिग–२ पछि प्रशिक्षक पद छाड्नेबारे नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक रुपमा जानकारी गराइसकेका छन्। कोरोना महामारीको संक्रमणका कारण परिवारसँग समय बिताउन नपाएको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। उनले ओमानमा जारी सिरिजपछि प्रशिक्षक पद छाड्ने बताइएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओमान भ्रमणमा छ। ओमानमा नेपालले पपुवा न्युगिनीसँग २ एकदिवसीय मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेल खेल्नेछ। पुरा पढौ