देश

भदौ १४ गते सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । पुरा पढौ

अफगानिस्तानबाट आज ११ जनाको उद्धार

काठमाण्डौं । अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पु¥याइएको परराष्ट्र मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पु¥याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ । अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पु¥याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको… पुरा पढौ

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

काठमाण्डौं । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन… पुरा पढौ

गण्डकीका मन्त्रीद्वय कोरोनामुक्त, विहीवारदेखि मन्त्रालयमा नियमित

गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त हुनुभएको छ । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहनुभएका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उहाँहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो । बुधवार गरिएको परीक्षणमा उहाँमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम शुरु गर्नुभएको थापाका प्रमुख… पुरा पढौ

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको आवश्यकता : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताउनुभएको छ । विहिबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै मन्त्री थापाले अबको शैक्षिक स्तर व्यवसायिकमुखी हुनुपर्ने तर्फ जोड गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले कस्तो खालको उत्पादन खोजेको… पुरा पढौ

स्मृतिमा पुष्पकमल सुबेदी : कास्केली कम्युनिष्टका गौरव गर्न लायक श्रद्दाका प्रतीक

पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुनुहुन्छ । वहाँमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य ,नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा सङ्गीन परिस्थितिमा लागेकै कारण ,नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त वहाँको परिवार,वहाँकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ। पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति ,तत्कालीन बेलामा गण्डकी -धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक(संयोजक जयप्रकाश बास्तोला,हेम्जा, आरसी अधिकारी ,गोपालनन्दन गिरी,सोमनाथ प्यासी… पुरा पढौ

काबुलमै अड्किएका ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार गर्न र काबुलमै अड्किएर बसेका ४२ नेपाली उडानको प्रतीक्षामा छन्। अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेको सरकारले जनाएको हो। कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका जनाइएको हो। तर, त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ। अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा… पुरा पढौ

गण्डकी प्रदेशको केही स्थानमा आज दिउँसो भारी वर्षाको संभावना

गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (बिहीबार) दिउँसो भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, २, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा आज राति मेघगर्जन र चट्याङसहित भारी वर्षाको… पुरा पढौ

२ महिनाको मनसुनी विवरण सार्वजनिक

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ महिनाको मनसुनी विवरण सार्वजनिक गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति पुगेको छ। यो वर्ष हालसम्म ४ सय ५१ वटा विपतका घटना भएका छन्। मनसुन सुरु भएयता ६० जिल्लामा ५ हजार ११८ जना बासिन्दा विस्थापित भएको प्राधिकरणको तथ्यांक छ। सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस… पुरा पढौ

निर्वाचन आयोगद्वारा दुवै दललाई मान्यता

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा… पुरा पढौ